fbpx

कटुवा पेस्तोल सहित गुलरियामा दुई भारतीय नागरिक पक्राउ

कटुवा पेस्तोल सहित गुलरियामा दुई भारतीय नागरिक पक्राउ


मुरली गोडिया, गुलरिया । बर्दियामा दुई थान कटुवा पेस्तोल सहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । गुलरिया नगरपालिका– ६ जिल्ला प्रहरी कार्यालय बर्दिया अगाडीको खाजा पसलबाट दुई गोटा कटुवा पेस्तोल र नौ राउन्ड गोली सहित भारतीय नागरिक पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा भारत बहराइच जिल्ला नानपारा स्थीत घोषियाना बस्ने वर्ष २७ का अजय घोषी र नानपारा स्थीत तिघ्रा खैरीघाट बस्ने वर्ष २७ कै अमरेश कुमार बर्मा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्य प्रकाश सुवेदीले जानकारी दिनुभएको छ । उनीहरु नास्ता पसलमा नास्ता खाँदै गर्दा पक्राउ परेको जनाइएको छ ।

शंकास्पद अवस्थामा देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । उनीहरुलाई बर्दिया प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ । चोरीमा संलग्न हुन सक्ने आशङ्काको आधारमा प्रहरीलाई खबर गरेपछि प्रहरी गएर खानतलासी गर्दा उनीहरु पक्राउ परेको स्थानीयले बताएका छन् । यस घटनाले स्थानिय त्रसित भएका छन् ।

फाईल तस्विर

तपाइको मत