fbpx

खेलकुद विकास समिति बर्दियाको अध्यक्षमा रविन्द्र यादव

खेलकुद विकास समिति बर्दियाको अध्यक्षमा रविन्द्र यादव


चुरेकुञ्ज, गुलरिया । बर्दिया जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा रविन्द्र कुमार यादव नियुक्त भएका छन् । प्रदेश खेलकुद परिषद लुम्बिनीले यादवको अध्यक्षतामा ९ सदस्यीय समिति नियुक्त गरेको छ ।

समितिको उपाध्यक्षमा श्याम कुमार आचार्य, कोषाध्यक्ष प्रभात शाह, महिला सदस्यहरुमा निशा पौडेल र सुमी चौधरी, सदस्यहरुमा राजेन्द्र प्रसाद चौधरी, मिन बहादुर सावद, दिपक बुढाथोकी र कृष्ण बहादुर केसी नियुक्ती गरेको प्रदेश खेलकुद परिषद लुम्विनीका सदस्य सचिव जयप्रकाश भट्टराईले पत्र मार्फत अध्यक्ष यादवलाई जानकारी गराउनु भएको छ ।

प्रदेस खेलकुद विकास ऐन २०७६ को दफा १३ को उपदफा (१) तथा प्रदेश खेलकुद नियमावली २०७८ को नियम १० को उपनियम (१) मा भएको ब्यवस्था वमोजिम असार १९ गते वसेको परिषदको बैठकको निर्णय अनुसार नियमावलीको नियम १० (३) वमोजिम यादवको अध्यक्षतामा जिल्ला खेलकुद विकास समिति बर्दिया गठन गरी समिति नियुक्ती गरिएको पत्रमा जनाईएको छ ।

तपाइको मत