fbpx

वालवालिकालाई टेबुल टेनीस खेल समाग्री हस्तान्तरण

वालवालिकालाई टेबुल टेनीस खेल समाग्री हस्तान्तरण

चुरेकुञ्ज, गुलरिया । बर्दिया उन्मूख युवा समाज बर्दियाका अध्यक्ष हिमान्सु पोखरेलले गुलरियाका टेवुल टेनीस खेलाडी वालवालिका हरुलाई खेल समाग्री उपलव्ध गराउनु भएको छ । गुलरिया नगरपालिका वडा नम्बर—६ निवासी पोखरेलले अन्तर्राष्ट्रिय टेबुल टेनीस फेडरेसन (आईटी. टी.टी.एफ.) जर्मनी मार्फत प्राप्त सामाग्री संस्थाले उपलव्ध गराएको हो ।

ईमेल मार्फत बर्दियाको गुलरियामा टेबुल टेनीस खेलमा चाख राख्ने वालवालिकाको लागि खेल समाग्री माग गरेको बर्दिया उन्मुख युवा समाज बर्दियाका अध्यक्ष पोखरेल जानकारी दिनु भएको छ । बिश्व टेबुल टेनीस दिवसको अवसरमा अन्र्तराष्ट्रिय टेबल टेनीस फेडरेसनको अनुदान समितीले बर्दिया उन्मुख युवा समाजलाई आईटी.टी.टी.एफ प्रमाणित खेल सामाग्री पाउनका लागि छनौटमा पारेको हो । बर्दियाको गुलरियाका वालावालिकाको समग्र विकासका लागि बर्दिया उन्मूख यूवा समाजले महत्वपूर्ण भुमिका खेलेको हुँदा खेल समाग्री उपलव्ध गराएको अन्तराष्ट्रिय टेबल टेनीस फेडरेसन जर्मनीले पत्र मार्फत जानकारी गराएको छ ।

खेल समाग्रीमा १० वटा गुणस्तरी टिटी ब्याट, १४० वटा टिटी बल, १० वटा खेलाडीहरुका लागि जर्सी सेट पठाएको संस्थाले जनाएको छ । प्राप्त खेल समाग्री गुलरिया नगरपालिका वडा नम्बर—६ का वडा अध्यक्ष सुधांसु प्रकाश शर्मा र गुलरिया नगरपालिका वडा नम्बर—७ निवासी समाज सेवी शुभाष कुमार पोखरेलले संयुक्त रुपमा वालवालिका हरुलाई हस्तान्तरण गर्नु भएको छ । पोखरेलले यस अघि पनी क्रिकेट खेलाडी वालवालिकाहरुका लागि एक वेलायती संस्था मार्फत क्रिकेटको खेल समाग्री उपलव्ध गराउनु भएको थियो ।

तपाइको मत