fbpx

दलित महिला उत्थान संघको परियोजनाले पायो निरन्तरता

दलित महिला उत्थान संघको परियोजनाले पायो निरन्तरता


चुरेकुञ्ज, गुलरिया । दलित महिला उत्थान संघ बर्दियाले पुनः आफनो परियोजनालाई निरन्तरता दिने भएको छ । गुलरियामा भएको परियोजना शुभारम्भ कार्यक्रममा संस्था मार्फत संचालित बालविवाह तथा चाँडै हुने विवाह न्युनिकरण रोकथाम परियोजनाले निरन्तरता पाउने परियोजना संयोजक जिरा विकले जानकारी दिनुभयो ।

गुलरिया नगरापालिकाकी नगरउपप्रमुख सावित्रा गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गुलरिया नगरपालिकाका ४ वटा वडाहरुमा बालविवाह रोकथामका विभिन्न क्रियाकलाप संचालन हुने संयोजक वि.कले जानकारी दिनु भयो । क्रियाकलाप अन्तर्गत, सचेतना मुलक कार्यक्रम, सन्देश मुलक रेडियो कार्यक्रम प्रशारण, विभिन्न संघसंस्था संग समन्वय गरि कार्यक्रमहरु गर्ने, सडक नाटक देखाउने लगायत क्रियाकलाप रहेको संस्थाले जनाएको छ ।

२ वर्ष सम्म निरन्तर संचालन हुने परियोजनाको कुल लागत ९ लाख ७४ हजार ३ सय ३० रुपैया रहेको बताइएको छ । परियोजना शुभारम्भ बैठक कार्यक्रममा गुलरिया नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष सर्वजीत यादव, वडा नं. ८ का वडाअध्यक्ष धर्मेन्द्र बानिया, ९ का वडा अध्यक्ष हरि प्रसाद पासी, महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रकी प्रमुख सरस्वती पौडेल, विभिन्न विषयगत शाखाका प्रमुख, पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव प्रसाद आचार्य लगायतको उपस्थिती रहेको थियो ।

तपाइको मत