कुटिर उद्योग प्रर्बद्धन गर्ने बढैयाताल गाँउपालिकाको नीति
- आइतबार श्रावण १ , २०७९
मुरली गोडिया, गुलरिया । बर्दियाको बढैयाताल गाउँपालिकाको निति तथा कार्यक्रममा गाउँसभाबाट पास भएको छ । केही समय अघि देखी बढैयाताल गाउँपालिकाको जनप्रतिनिधिको अवरोधका कारण ढिलो सम्पन्न सभाले शनिवार नीति तथा कार्यक्रम पास भएको हो ।
बढैयाताल गाउँपालिकामा नीति तथा कार्यक्रम पास हुन सकेको थिएन । निर्वाचन पश्चात माओवादी केन्द्रका हिमालय त्रिपाठीले अध्यक्ष पद सम्हालेपछि एमालेका जनप्रतिनिधिले अघिल्ला बर्षमा पालिकाले गरेका कामलाई निरन्तरता दिन गाउँ सभामा दवाव दिए पछि ११ औं गाउँ सभा शुरु हुन सकेको थिएन । शनिबार मात्र निति तथा कार्यक्रम पेश भएको अध्यक्ष त्रीपाठीले जानकारी दिनुभयो । भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन प्राथामिकतामा राखेर निति तथा कार्यक्रम पास गरेको अध्यक्ष त्रिपाठीको भनाई छ ।
गाउँपालिकाका अपरीहार्य आवस्यकतालाई समावेश गरेर निति तथा कार्यक्रममा समावेश गरिएको त्रिपाठीले चुरेकुञ्जसँग बताउनु भयो । स्थानीय स्तरमा लुकेका विषयको प्रबद्धन र संरक्षण गर्ने कार्यक्रममा प्राथमिकता दिईएको छ । खेल प्रर्बद्धनका लागी रंगशाला, फोहोर मैला व्यबस्थापन, साना उद्योगलाई प्रोत्साहन गर्ने कार्यक्रम समाबेस गरिएको छ । शिक्षा स्वास्थ्य, खानेपानी, फोहोरमैला व्यवस्थापन, कृषी, पर्यटन लगायत सानादेखि ठूला बिषय समावेस भएको निति तथा कार्यक्रम जनमुखी रहेको बताइएको छ । निति तथा कार्यक्रमा करिब ७२ करोड बजेट बिनियोजन भएको छ ।