fbpx

मानव वन्यजन्तु द्वन्द प्रभावित समुदायलाई बनको राहत

मानव वन्यजन्तु द्वन्द प्रभावित समुदायलाई बनको राहत


विष्णु अधिकारी, गुलरिया । डिभिजनल वन कार्यालय बर्दियाले चालु आर्थिक वर्षमा ४९ लाख ५८ हजार रुपैया राहत उपलब्ध गराएको छ । मानव वन्यजन्तुद्वन्द न्युनिकरणका लागि संचारकर्मीहरुसँगको अन्र्तक्रियात्मक कार्यक्रममा राहतबारे जानकारी गराईएको हो ।

वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका ४ जनालाई जनही १० लाखका दरले रु. ४० लाख, वन्यजन्तुबाट घाइते भएका ७ जनालाई २ लाख १२ हजार ३ सय ३८ रुपैया र पशुधन क्षती ९१ जनालाई ४ लाख ७७ हजार र घरगोठ अन्न बाली क्षति भएका ४९ जनालाई २ लाख ६८ हजार ७ सय ५० रुपैया राहत स्वरुप उपलब्ध गराएको डिभिजनल बन कार्यालय बर्दियाका प्रमुख प्रविण विडारीले जानकारी गराउनु भएको छ । २०७५ साल पछि बर्दियामा मानव वन्यजन्तु विचको द्वन्द बढ्दो क्रममा रहेको जानकारी गराईएको छ ।

वन कार्यालयको क्षेत्राधिकार भित्र आर्थिक वर्ष ०७५÷०७६ देखि चालु आर्थिक वर्ष सम्म वन्यजन्तुका कारण १३ जना मानिसले ज्यान गुमाइ सकेका छन् । द्वन्द न्युनिकरणका लागि आर्थिक वर्ष ०७७÷०७८ मा वन्यजन्तुबाट वढि प्रभावित वन क्षेत्र भित्र रहेका मधुवन नगरपालिका वडा नं. २ स्थित कुश्मिनिया सामुदायिक वनको ११ सय मिटर र वडा नं. ३ स्थित सम्झना र दलित महिला सामुदायिक वनको ११ सय मिटर क्षेत्रमा ४० लाखको लगानीमा मेस वायर फेन्सिङ्गको काम भएको डिभिजन वन कार्यालय प्रमख विडारीले कार्यक्रममा जानकारी गराउनु भयो ।

मधुवन ३ स्थित गौरी महिला र सम्झना सामुदायिक वन र सोनाहा फाँटा गरि १५ सय ६५ मिटर क्षेत्रमा २७ लाखको लगानीमा मेस वायरको काम भैसकेको छ । वन्यजन्तुबाट बढि प्रभावित मधुवन नगरपालिको वडा नं. १, २ र ३ नं. वडाका विभिन्न स्थानका २८ ठाउँमा सडक बत्ती जडान गरिएको र खाता क्षेत्रका १० विद्यालयमा संरक्षणमुखी स्कुल शिक्षा कार्यक्रम संचालन गरिएको छ । द्वन्द न्युनिकरणका लागि बैकल्पिक खेती अन्तर्गत कागती, बेसार, खुर्सानी, मेन्था क्यामोमाईल जस्ता जडिबुटिजन्य विरुवाको खेती गर्न कृषकहरुलाई सहयोग गरेको डिभिजन वन कार्यालयले जनाएको छ ।

कार्यालयले आगामी वर्षहरुमा वन क्षेत्रको उपयोग कमगर्न वैकल्पिक उर्जा कार्यक्रम, जिविकोपार्जन कार्यक्रम, मानव जिवन विमा, पशुधन विमा, अन्नवालीको विमा जस्ता कार्यक्रम समेट्ने बताईएको छ । अती संम्वेदशिल क्षेत्रको रुपमा रहेको मानववस्तीहरुलाई स्थानान्तरण गर्ने योजना बनाउने कार्यालयले प्रमुख विडारीको भनाई छ ।

तपाइको मत