fbpx

राजापुरको अमर शहिद क्याम्पसमा स्ववियूको तालाबन्दी

राजापुरको अमर शहिद क्याम्पसमा स्ववियूको तालाबन्दी


मिन अधिकारी, राजापुर । राजापुरमा रहेको अमर शहिद बहुमुखी क्याम्यसमा स्वतन्त्र विद्यार्थी युनियन (स्वबियुले) विद्यार्थीका बिभिन माग राख्दै क्याम्यस प्रशासनमा अनिश्चित कालीन ताला बन्दी गरेको छ । शिक्षकलाई पुर्णकालिन गर्न र गुणस्तरिय शिक्षाका लागि बारम्बार बैठक बसेको भएपनि उचित निर्णय नगर्दा शैक्षिक क्षेत्रमा नोक्सानी ब्यहोर्नु परेको भन्दै विद्यार्थीले तालाबन्दी गरेका हुन् ।

क्याम्पस प्रशासनले विधान संसोेधनको बहाना देखाएर प्रक्रिया अगाडी नबढाएको, विधान संसोधन समिति गठन भएता पनि उक्त समितिले विधान संसोधन गर्न नसकेको र क्याम्पस स्थापनाका लागि बनाईएको तदर्थ समितिले विगत १७ वर्ष देखि सञ्चालन गर्दै आईरहेको अवस्थामा क्याम्पसले कुनै पनि प्रगति गर्न नसकेको समस्यासंग विद्यार्थीहरुले झेल्न परेको स्ववियुले जनाएको छ । क्याम्पसमा विद्याथीहरुले लामो समय देखि शुद्ध खानेपानी, गुणस्तरिय शिक्षा प्रदान गर्नका लागि स्थायी शिक्षकको व्यवस्था गर्नू पर्ने, स्ववियुको खातामा आउने रकम क्याम्यसद्वारा प्रदान गरिदिनु पर्ने, स्ववियुले खर्च गरेको बिल पास गर्न आनाकानी गर्न नपाईने विद्यार्थीहरुको माग छ ।

क्याम्पस प्रशासनले आफना मागहरुको सम्बोधन नगरेको हुनाले तालाबन्दी गर्न बाध्य भएको स्वतन्त्र विद्यार्थी युनियन स्वबियुका सभापति दिलिप रत्गैयाले बताउनु भएको छ । यसरी ताला बन्दी गर्न र विद्यार्थीहरुको पढाईमा अवरोध गराउन आफुहरुलाइ कुनै रहर नभएर विद्यार्थी हक हितको लागी बन्द गर्नुपरेको भन्दै मागहरु क्याम्पस प्रशासनले संबोधन नगरेको खण्डमा आन्दोलनलाई सशक्त बनाईने बताईएको छ । आन्दोलनबाट भईपरि आउने परिस्थितिको जिम्मेवारी स्वयम् क्याम्पस प्रशासनले नै लिनु पर्ने सभापति रत्गैयाको भनाई छ ।

तपाइको मत