भोड्काको नयाँ ब्राण्ड जूरीक प्रिमियमको विक्री वितरण शुरु
- सोमबार असार २७ , २०७९
चुरेकुञ्ज, गुलरिया । जगदम्बा कम्पनीले नेपाली उत्पादन जूरीक प्रिमियम भोड्काको नयाँ ब्राण्ड बर्दियामा सार्वजनिक गरेको छ । कम्पनीका सिईओले आईतवार एक कार्यक्रमका विच गुलरियामा नेपाली ब्राण्डको नयाँ भोड्का विक्री वितरणका लागि खुला गरिएको घोषणा गर्नु भएको हो ।
कम्पनीले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रमुख अतिथी उद्योग बाणिज्य संघ बर्दिया गुलरियाका अध्यक्ष देवेन्द्र पाण्डेले आर्थिक समस्या भोगिरहेको मुलुकमा उत्पादित नेपाली ब्राण्डका मदिरा विदेश निर्यात गर्न सके बैदेशिक मुद्रा आर्जनमा बल पुग्ने बताउनु भएको छ । मदिराजन्य पदार्थका उपभोक्ताहरुले शरीरलाई हानी नगर्ने गरी यसको प्रयोग गर्नुपर्नेमा उहाँको जोड छ ।
होटल अर्गनाईजेशन बर्दियाकी अध्यक्ष संगीता थापाले नेपाली उत्पादनका मदिराले नेपाली मुद्रा नेपालमै रोक्न सहयोग पुग्ने विस्वास गर्नु भएको छ । कार्यक्रममा स्थानीय डीलर, ब्यापार ब्यवसायी, संघ, संस्था लगायत उपभोक्ताहरुको सहभागीता थियो ।