fbpx

लुम्बिनीका बन मन्त्री सुरेन्द्र हमाले यसरी गर्नुभयो सर्पको उद्धार

लुम्बिनीका बन मन्त्री सुरेन्द्र हमाले यसरी गर्नुभयो सर्पको उद्धार


दीपकलाल श्रेष्ठ, बर्दिया । बर्दियामा वृक्षारोपण कार्यक्रममा सहभागी हुन आउनु भएका लुम्बिनी प्रदेशका बन, वातावरण तथा भू–संरक्षण मन्त्री सुरेन्द्र हमालले शनिवार गुलरियामा सर्प उद्धार कार्यमा स्वयम् सहभागी हुनु भएको छ । डिभिजन वन कार्यालय बर्दियाले गुलरिया स्थित संगमवस्तीमा बृक्षारोपण कार्यक्रम आयोजना गरेको हो ।

बृक्षारोपण कार्यक्रम सकिए लगत्तै डिभिजन वन कार्यालय बर्दियाका जिल्ला वन अधिकृत प्रविन बिडारी लाई गुलरिया नगरपालिका वडा नं १ निवासी खडकबहादुर खत्रीले फोन मार्फत आफ्नो घरमा सर्प पसेको सुचना दिदै घरबाट सर्प बाहिर निकालिदिन अनुरोध गरे पश्चात मन्त्री सहितको टोली सर्प उद्धारमा जुटेको हो । डिभिजन वन कार्यालय बर्दियाबाट सर्प उद्धारका लागि जाने तैयारी गरिएपछि वन मन्त्री पनि सर्प उद्धारका लागि उद्धार कर्मीका साथ जाने निधो गर्नु भएको थियो ।

सर्प पसेको घरमा पुगेसंगै उद्धार टोलि र वन मन्त्री हमाल पनि घर भित्र पसि घरको छानो टायलको बिच बसेको सर्पलाई उद्धार सामाग्रीका माध्यमबाट सर्प समातेर घर बाहिर निकालिएको थियो । सर्प ठुलै थियो करिब २ किलो तौलभन्दा बढीको सर्प वनका उद्धारकर्मि कर्मचारीको टोलीसँगै पुगेका वनमन्त्री हमाल आफैँ पनि उद्धारमा खटिएको देख्दा स्थानिय अचम्मित परेका थिए ।

वन मन्त्री आफै घरमा पसेको सर्प उद्धार गर्न आएको देखेर घर मुलि खत्रीले वन मन्त्रीलाई धेरै धेरै धन्यवाद दिई खुसी ब्यक्त गर्नु भएको थियो । मन्त्री हमालका अनुसार खत्रीको घरमा भेटिएको उक्त सर्पलाई नजिकैको जंगलमा छोडिएको छ । सर्पलाई असुरक्षित महसुस हुने गरी क्रियाकलाप नगरे उसले आक्रमण नगर्ने भएकाले देखेमा मारिहाल्नुपर्छ भन्ने मानसिकता त्याग्न मन्त्री हमालको आग्रह छ ।

तपाइको मत