fbpx

बर्दिया सुन चाँदी ब्यवसायी संघको अध्यक्षमा पुनः हर्के सुनार

बर्दिया सुन चाँदी ब्यवसायी संघको अध्यक्षमा पुनः हर्के सुनार


चुरेकुञ्ज, मधुवन । बर्दिया सुन चाँदी ब्यवसायी संघको अध्यक्षमा हर्के सुनार पुनः चयन हुनु भएको छ । शनिवार सम्पन्न चौथो अधिवेशनबाट सुनारको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरिएको छ ।

संघको उपाध्यक्षमा कृष्ण बहादुर सुनार, महासचिबमा छत्रबहादुर सुनार, सचिब टेक बहादुर सुनार र कोषाध्यमा नरेश सुनार चयन भएको संघले जनाएको छ । सदस्यहररूमा अर्जुन घिमिरे, शिब बहादुर सुनार, बिजय सुनार, पदम बहादुर पाण्डे, दलसिंह सुनार र ममता सुनार चयन हुनु भएको छ ।


अधिवेशनका प्रमुख अतिथि नेपाल सुनचाँदी महासंघका केन्द्रिय सदस्य कृष्ण बहादु सुनारले नबर्निबाचित टिमलाई बधाई र शुभकामना दिनु भएको छ ।

तपाइको मत