fbpx

लुम्बिनी प्रदेसका बन मन्त्रीद्वारा बर्दियामा बृक्षारोपणको शुभारम्भ

लुम्बिनी प्रदेसका बन मन्त्रीद्वारा बर्दियामा बृक्षारोपणको शुभारम्भ


मुरली गोडिया, गुलरिया । लुम्बिनी प्रदेशका बन, बाताबरण तथा भु–संरक्षण मन्त्रालयका मन्त्रि सुरेन्द्र बहादुर हमालद्वारा बर्दियामा बृक्षारोपण कार्यको शुरुवात भएको छ । डिभिजन वन कार्यालय बर्दियाको क्षेत्राधिकार भित्र रहेको गुलरिया न.पा. वडा नं. २ संगमबस्ती स्थित बेलाफाँटाको २५.२१ हेक्टर क्षेत्रमा गरिने बृक्षारोपण कार्यको शुभारम्भ गरिएको हो ।

बृक्षारोपणका क्रममा मन्त्रि हमालले औषधी जन्य बोटविरुवाको रोपण तथा यस बाट उत्पादित बस्तुको सेवनले मानव स्वास्थ्यका लागी रामबाण जस्तै काम गर्ने बताउनु भयो । बृक्षारोपण गरिएका बोटविरुवाको संरक्षणका लागी स्थानिय नागरिक, संरक्षणकर्मी सवैलाग्नु पर्ने सुझाव मन्त्रि हमालले दिनुभयो । सो अवसरमा शनिबार जामुन, अर्जुन, सितलचिनी, महुवा र असना जातका गरि ५ सय वटा बिरुवा रोपण गरिएको डिभिजन बन कार्यलय बर्दियाका सूचना अधिकारी द्रोण राज शर्माले बताउनु भयो ।

तपाइको मत