fbpx

जनस्वास्थ्य समस्या बन्दै सिकलसेल एनिमिया रोग

जनस्वास्थ्य समस्या बन्दै सिकलसेल एनिमिया रोग


विष्णु अधिकारी, गुलरिया । २०७९ असार २५ । सिकलसेल र थालेसेमिया रोग जन स्वास्थ्य समस्याको रुपमा रहेको स्वास्थ्य कार्यालय बर्दियाले जानकारी गराएको छ । सिकलसेल तथा थालेसेमिया रोगको विषयमा संचारकर्मीसंगको अभिमुखिकरण कार्यक्रममा स्वास्थ्य कार्यालय बर्दियाले उक्त रोगका बारेमा जानकारी गराएको छ ।

विशेष गरेर थारु समुदायमा देखिने सिकलसेल अन्य जातजातीमा पनि देखा परेको स्वास्थ्य कार्यालय, बर्दियाले बताएको छ । सिकलसेल एनिमिया १ सय २० दिन सम्म बाच्ने सामान्य रातो गोलो रक्तकोषहरु हँसिया आकारको कोषमा परिणत हुने गर्छन् । सिकलसेल आनुवांशिक रोग भएका आमा बाबुबाट जन्मने सन्तानमा सर्ने वंशाणुगत रोग रहेको स्वास्थ्य कार्यालय बर्दियाका वरिष्ठ स्वास्थ्य अधिकृत गोकर्ण गिरीले बताउनु भयो । पटक पटक शरिर तथा हाडजोर्नीहरु दुख्नु, जण्डिस हुनु, रक्त अल्पता हुनु, वारम्वार ज्वरो आउनु सिकलसेल एनिमियाका लक्षण भएको उहाँको भनाई छ ।

सिकलसेल एनिमियाको पहिचान रोगको लक्षण तथा रगतबाट हुने विभिन्न जाँचहरुबाट गर्न सकिन्छ । बर्दिया जिल्लामा सिकलसेलका ५ सय ६१ जना विरामी रहेको स्वास्थय कार्यालय बर्दियाको तथ्यांक छ । सिकलसेल वंशाणुगत रोग भएकाले न्युनिकरणका लागि विरामी र विरामी विच विवाह गर्न नहुने चिकित्सकहरुको सुझाव रहेको छ । सिकलसेल पहिचानका लागि बर्दियाका विभिन्न स्वास्थ्य केन्द्रहरुमा सिकलसेल जाँचको सुविधा रहेको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ । विवाह पुर्व सिकलसेल÷थालेसेमिया रोगको विषयमा चिकित्सकको परामर्शमा कुण्डली मिलाएर मात्र विवाह गर्न चिकित्सकहरुले सुझाव दिएका छन् ।

तपाइको मत