fbpx

संगमवस्तीमा लुम्बिनीका बनमन्त्री हमालले गर्नुभयो बृक्षारोपण

संगमवस्तीमा लुम्बिनीका बनमन्त्री हमालले गर्नुभयो बृक्षारोपण


हरि गुरुङ, मधुवन । बर्दियाको गुलरिया नगरपालिका वडा नं.–२ संगम बस्ती (बेला फाँटा) मा वन तथा भु–संरक्षण मन्त्रालय लुम्बिनी प्रदेश माननीय मन्त्री सुरेन्द्र हमालले २५.२ हेक्टरमा बृक्षरोपण गरि शुभारम्भ गर्नुभएको छ । खाली जमिनमा बनबृद्धि गर्न बृक्षारोपण गरिएको छ ।

प्रमुख अतिथी मन्त्री हमालले बृक्षरोपणले नेपाल सरकारले लिएको हरितगृह ग्यासहरु नियन्त्रण गर्न सहयोग पुग्ने बताउनु भयो । खाली रहेका क्षेत्रहरुमा बृक्षारोपण गर्न जरुरी रहेको उहाँको भनाई छ । रुख बिरुवा बिना मानव जीवन जिउन असम्भव रहेकाले वन संरक्षण गर्न उहाँले जोड दिनु भएको छ ।

हरित अभियन्ता हेमन्त राज काफ्लेका अनुसार एक घर एक मोरङ्गा (सितलचिनी) रोप्ने अभियान रहेको छ । मोरङ्गा १३ किसिम रोगका लागी रामवाण औषधी रहेको एक अध्ययनले देखाएको उहाँको भनाई छ । २५ दशमलव २ हेक्टर क्षेत्रफलमा ५ जातका विरुवाहरु मोरङ्गा (सितल चिनी), अर्जुन, जमुना, अस्ना र महुवा आदि गरि त्यस क्षेत्रमा ४० हजार ३ सय ३६ बिरुवा रोप्ने डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रवीण विडारीले जानकारी दिनुभएको छ ।

कार्यक्रममा प्रमुख अतिथी वन तथा भु–संरक्षण मन्त्रालय लुम्बिनी प्रदेसका मन्त्री हमाल, लुम्बिनी प्रदेश माननीय प्रदेश सभा सदस्य भुवनेश्वर थारु, प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला, हरित अभियान्ता हेमन्तराज काफ्ले, प्रहरी उपरीक्षक विरेन्द्र बहादुर शाही, डिभिजन वन कार्यालयका कर्मचारी लगायत स्थानीय उपभोक्ताहरुको उपस्थिति थियो ।

तपाइको मत