fbpx

मानव वन्यजन्तु द्वन्दबाट प्रभावित परिवारलाई शैक्षिक सामाग्री

मानव वन्यजन्तु द्वन्दबाट प्रभावित परिवारलाई शैक्षिक सामाग्री


हरि गुरुङ, मधुवन । बर्दियाको मधुवन नगरपालिका र राजापुर नगरपालिकाका ३० जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग गरिएको छ । डिभिजन वन कार्यालय बर्दियाको आयोजना तथा आर्थिक सहयोगमा मानव वन्यजन्तु द्वन्दबाट प्रभावित परिवारका विद्यालयमा अध्ययनरत ३० जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।

प्रमुख अतिथी मल्लले यो राज्यबाट पाएको सानो सहयोग मात्रै हो । यस्ले पनि अभिभावकहरुलाई केहि मात्रामा आर्थिक सहयोगमा टेवा पुर्याउने बताउनु भयो । शैक्षिक सामाग्रीका कारणले बिद्यालय जान नसक्ने परिवारमा शैक्षिक सामाग्रीले सहयोग पुग्ने वडाको विस्वास छ । डिभिजन वन कार्यालय बर्दियालाई धन्यवाद दिदै वडा अध्यक्षले आगामी दिनहरूमा यस्तै कार्यक्रमहरु ल्याउन जरुरी देखिएको बताउनु भयो । यसले संरक्षणमा सहयोग पुग्ने उहाँको भनाई छ ।

कार्यक्रममा मधुवन नगरपालिका वडा नं.–३ का वडा अध्यक्ष प्रमुख अतिथि नारायण मल्लसामुदायिक वन समन्वय समिती खैरीका अध्यक्ष राजु चौधरी, खाता सामुदायिक वन समन्वय समितीका अध्यक्ष तथा पदाधिकारी र मानव वन्यजन्तु द्वन्दबाट प्रभावित बालबालिकाका साथै अभिभावकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन डिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत वन्दना रानाले गर्नुभएको थियो ।

तपाइको मत