fbpx

सडक छेउँ उम्रिएका अवैध गाँजाका बिरुवा नष्ट

सडक छेउँ उम्रिएका अवैध गाँजाका बिरुवा नष्ट


हरि गुरुङ्ग, मधुवन । बर्दियाको मधुवन नगरपालिका वडा नम्वर १ सुर्यपटुवा (डल्ला) गाउँमा अवैध रूपमा बाटोका छेउछाउ उम्रीएका गाँजा नष्ट गरिएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत कोठियाघाट प्रहरी चौकीको अगुवाईमा गाँजा नष्ट गरिएको हो ।

ईलाका प्रहरी कार्यालय ढोढरी बर्दिया र स्थानीय बासिन्दाको उपस्थितिमा गाँजा नष्ट गरिएको प्रहरी चौकी कोठियाघाटका प्रमुख असई जोरासिंह अधिकारीले जानकारी दिनु भएको छ । अवैध रूपमा उम्रीएको गाँजाले युवाहरू कुलतमा लाग्ने, समाजलाई समेत असर पर्ने भएकोले गाँजा नष्ट गरिएको मधुवन नगरपालिका वडा नं.–१ वडा सदस्य रामचरण चौधरीले बताउनु भयो । अवैध रूपमा उम्रीएको गाँजा नष्ट गर्न डल्ला गाउँ बडघर चन्द्रबहादुर थारु र स्थानीयहरुको उपस्थिति रहेको थियो ।

तपाइको मत