fbpx

लागु औषध ब्राउन सुगरसहित मधुवनमा दुई जना पक्राउ

लागु औषध ब्राउन सुगरसहित मधुवनमा दुई जना पक्राउ


हरि गुरुङ, मधुवन । बर्दियाको मधुवन नगरपालिका वडा नम्वर ५ स्थित १७ नम्वर चोकबाट ३ ग्राम १ सय ८० मिलिग्राम लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय ढोडरीबाट खटी गएको प्रहरीले शंकास्पद ब्यक्तीलाई चेकजाँच गर्ने क्रममा लागु औषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले मधुवन नगरपालिका वडा नं.–५ स्थित १७ नं. चोक बस्ने २६ वर्षिय ईन्द्र बहादुर बि.क. लाई १ सय ८० मिलिग्राम ब्राउन सुगर र गुलरिया नगरपालिका वडा नं.–१ छेदापुर, खैरापुर बस्ने अन्दाजी २८ वर्षीय भण्डारी भनिने मुकेश लोधलाई ३ ग्राम लागूऔषध ब्राउन सुगर सहित पक्राउ परेको ईलाका प्रहरी कार्यालय ढोढरी बर्दियाले जनाएको छ ।

चेकजाँचका क्रममा बि.क.को घर स्थित कोठाबाट र मुकेश कुमार लोधको साथबाट लुकाई राखेको अवस्थामा प्रतिबन्धित लागू औषध ब्राउन सुगर फेला परेको ईलाका प्रहरी कार्यालय ढोढरी बर्दियाका प्रहरी निरीक्षक मोहनजंग बुढाथापाले जानकारी दिनुभएको छ । पक्राउ पर्ने दुवै जना उपर लागू औषध नियन्त्रण ऐन २०३३ को कसुरमा थप अनुसन्धान भई रहेको जनाईएको छ ।

तपाइको मत