fbpx

मानव–वन्यजन्तु विच सहअस्तित्वको आवस्यकता

मानव–वन्यजन्तु विच सहअस्तित्वको आवस्यकता


हरि गुरुङ, मधुवन । बर्दिया जिल्ला प्राकृतिक श्रोत र जैविक विविधताको दृष्टिकोणले नेपालकै धनी जिल्लाहरुमध्ये पर्दछ । स्थानीय थारु भाषामा गाई गोरुलाई वलिवर्द भनिने र यहाँका गाई गोरु राम्रा, मोटाघाटा र बलियो हुने हुँदा यो ठाउँलाई वलिवर्द भनिएकोमा पछि अपभ्रंस भई वर्दिया भएको र यसै आधारमा जिल्लाको नामाकरण गरिएको मानिन्छ । अधिकांस दक्षिणी सिमाना भारतको कतर्नियाघाट वन्यजन्तु सेन्चुरीसंङ्ग जोडिएको र उत्तरी क्षेत्रमा देशको तराईको ठूलो राष्ट्रिय निकुञ्ज बर्दिया रहेको हुँदा सो दुई संरक्षण क्षेत्र जोड्ने खाता जैविक मार्ग वन्यजन्तु ओहोरदोहोरको प्रचुर मार्ग हो ।

कर्णाली बबई नदि र मानखोला यसै जिल्ला भएर बग्ने भएकाले बाढीको हिसाबले उच्च जोखिममा रहेको छ । बर्दिया जिल्ला २०६७ सालमा नेपाल सरकारले ९२५०.३२ हेक्टर क्षेत्रफल भएको बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतर्नियाघाट वन्यजन्तु सेन्चुरी जोड्ने गरि जैविक मार्गको रूपमा खाता संरक्षित वन घोषण गरेको छ । खाता संरक्षित क्षेत्रले साबिकका गाउँ विकास समितिहरु हालका ३ वटा नगरपालिका (मधुवन, राजापुर र ठाकुरबाबा) ५७४१.८९ हेक्टर वनक्षेत्र र ३५०८.४३ हेक्टर आवादी, कृषि खोलानाला र बाटोघाटो क्षेत्रले ओगटेको छ । खाता संरक्षित क्षेत्रमा पाटेबाघको बासस्थान, हात्तीको मार्ग तथा डल्फिन (सोंस) को उपस्थिति यो वनको प्रमुख विशेषता हो । खाता संरक्षित वनमा ७८ बटा सामुदायिक वन तथा २ वटा धार्मिक वन पर्द्छ । यस संरक्षित वनमा साबिक ७ वटा गाउँ विकास समिति हाल ३ नगरपालिकाका करिब ७ हजार ७ सय घरधुरीहरु काठ, दाउरा, घाँस र चरिचरणमा आदिका लागि निर्भर रहेका छ्न ।

जैविक विविधताको धनी यस जिल्ला बन्यजन्तु संरक्षणमा पनि प्रमुख चुनौती रहेको छ । खाता जैविक मार्ग क्षेत्रमा मानव र वन्यजन्तु विचको सह–अस्तित्व खल्वलिने गरेको पाईन्छ । वन्यजन्तुहरुको वासस्थानमा भएको खण्डिकरणले गर्दा वन्यजन्तुले गर्दा वन्यजन्तुहरु विशेष गरि जंगली हात्ती, बाघ, चितुवा र निलगाई आदिले स्थानीय बासिन्दाको बालिनाली नोक्सान गर्ने, चौपायाहरु मारीदिने र घर समेत भत्काई दिने घटनाहरु हुने गरेको छ । जैविक मार्ग मुख्य क्षेत्र डाडागाउ, पत्थरबोझी, भग्रैया, कोठियाघाट क्षेत्र जस्ता वन्यजन्तु ओहोरदोहोर गर्ने मुख्य क्षेत्रमा नै मानव बस्ती भएकोले गर्दा पनि यी स्थानहरुमा मानव र वन्यजन्तु विच द्वन्दका घटनाहरु बढी हुने गरेको देखिन्छ ।

यस जिल्लाभित्र पर्ने बर्दिया राष्ट्रिय निकुन्न, कृष्णसार संरक्षण क्षेत्र तथा खाता संरक्षित क्षेत्र संरक्षण पर्यटन विकासको दृष्टिकोणले विश्वमै परिचित छन् । यो जिल्लामा २८१ वटा सामुदायिक वन (२०४५३.३७ हे.), ४ बटा धार्मिक वन (२१.६३ हे.) र १४६ वटा निजी वन (१४२.९२ हे.) छन् । बर्दिया जिल्लामा ४ किसिमको वन पाईन्छ । साल वन १६,९७४ हेक्टर ८२ %, ट्रपिकल हार्डउड वन २,८०४.१९ हेक्टर १५%, खयर, सिसौ मिश्रित वन १८६.९४ हेक्टर १%, बृक्षारोपण तथा अन्य वन ३७३.९० हेक्टर २% रहेका छ्न ।

जुन स्थानिय उपभोक्ताहरुले संरक्षण र सदुपयोग गर्दै आएका छन् । डिभिजन बन कार्यालय बर्दिया, खाता संरक्षित बन कार्यक्रम तराई भु–परिधि कार्यक्रम जस्ता सम्बन्धित संघसंस्थाहरु बर्दिया राष्ट्रिय निकुञ्ज, सामुदायिक वन उपभोक्त समुहहरु र संरक्षणप्रेमी उपभोक्तहरुले विगतमा गरेका संरक्षणको प्रयासहरुले सार्थकता पाउदै गर्दा बनको विकास तथा वन्यजन्तुहरुको संख्यामा पनि धेरै परिवर्तन भएको छ । तर संरक्षणको क्षेत्रहरुमा विभिन्न चुनौतिहरु पनि थपिदै गएका छन् । सुरुवातमा बनमा आश्रित मानविय चाप कम गरि संरक्षण गर्न निकै समस्या थियो भने हाल बन्यजन्तुहरुको सख्यामा वृद्धि भई बासस्थान सांगुरो हुँदा मानव तथा वन्यजन्तु बीचको द्वन्द चुनौतिको रुपमा थपिएको छ । यो चुनौती खासगरी निकञ्ज, मध्यवर्ती र खाता संरक्षित क्षेत्र भित्र पर्ने सामुदायिक बनहरुको छेउछाउका बस्तिहरुमा देखिदै आएको छ ।

वन्यजन्तुहरुबाट बालिनाली क्षती तथा मानविय क्षति बढ्दै गएपछि यो चुनौती थपिएको हो । हाल सम्म बर्दिया जिल्लाभित्रै मात्र पटेबाघ, जंगली हात्ती, चितुवा र गैडाहरुको आक्रमणमा परि धेरैले ज्यान गुमाएका छन् भने बढि मात्रामा पशुचौपाया मारिदिने, घर भत्काइदिने तथा बालीनाली नोक्सान गरिदिने जस्ता समस्याहरु देखिदै आएका छन् । जसका कारण मानव तथा वन्यजन्तुहरुबीच उत्पन्न भएको असमझदारीले द्वन्द सिर्जना भएको छ । यो समस्या समाधानको लागी डिभिजन वा कार्यालय बर्दिया खाता सामुदायिक वन समन्धय समिती मार्फत तराई मु–परिधी कार्यक्रम, कोहलपुर बाँके, बर्दिया राष्ट्रिय निकुन्ज, नगरपालिकाका कार्यालयहरु तथा सम्बन्धित विभिन्न संघ सधाहरुले विभिन्न प्रयासहरु गर्दै आएका छन् ।

विभिन्न स्थानहरुमा जडान गरिएका पक्की प्रखाल, मेसवायर जाली तथा इलेक्ट्रिक फैन्स वायर लगाएत विभिन्न स्थानहरुमा निर्माण गरिएका बाघको आहार प्रजाती संरक्षणको लागी घासे मैदान, वन्यजन्तुहरुको बासस्थान व्यवस्थापनका कार्यहरु यसका उदाहरणहरु हुन । यि प्रयासहरुबाट सकारात्मक उपलब्धिहरु देखिएकाले यस्ता कार्यहरुमा निरन्तरता दिनुका साथै अझ प्रभावकारी उपायहरु खोज्न जरुरी देखिन्छ । वन र वन्यजन्तु संरक्षणका साथै श्रृजित समस्याहरु समाधान गर्न मार्ग दर्शनको कार्य गर्नुका साथै विगतमा गरिएका प्रयासहरुका प्रभावकारिताहरु विश्लेषणगर्दै मानव बन्यजन्तु विच सहअस्तित्व कायम गराउनु आवस्यक छ ।

तपाइको मत