बारबर्दिया नगरपालिकाको लम्कीफाँटामा स्वच्छ खानेपानी
- सोमबार असार २० , २०७९
चुरेकुञ्ज, बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्वर १० लम्कीफाँटामा २ वटा ओभरहेड खानेपानी ट्याङकी जडान गरिएको छ । नेपाल सरकार, खानेपानी मन्त्रालय, ग्रामिण खानेपानी तथा सरसफाइ कोष बिकास समिति (फन्ड बोर्ड) महाराजगंजको आर्थिक सहयोग तथा मायुस बर्दियाको प्राविधिक सहयोगमा खानेपानी आयोजना निर्माण गरिएको हो ।
बारबर्दिया नगरपालिका वडा नम्वर १० को समन्वय र फन्ड बोर्डको १ करोड ३१ लाख ५१ हजार ६ सय ३५ रुपैंया तथा स्थानिएको जनश्रमदानमा योजना तयार भएको हो । २ वटा ओभरहेड टंकी निर्माण गरिएकोमा एउटा टंकीको क्षमता २५ हजार लिटर र अर्कोको २० हजार लिटर रहेको छ । “सामान्य हेण्डपम्पबाट निकालिएको पानिले वर्षा याममा समस्या पर्दथ्यो ।“ कार्यक्रममा मायुसका परियोजना अधिकृत प्रेमलाल थारुले भन्नरभयो “लम्की फाँटामा खानेपानी परियोजनामा १२० मिटर गहिरो बोरिगं जडान गरि पानी निकालिएको छ ।
बारबर्दिया नगरपालिकाका नगरप्रमुख छबिलाल थारुले प्रमुख अतिथिको रुपमा धाराको टुटी खोलेर खानेपानी आयोजनाको शुभारम्भ गर्नु भएको थियो । कार्यक्रममा नगर उपप्रमुख पाण्डे, वडा नं १० का वडा अध्यक्ष रणबहादुर थारु, वडा नम्वर ६ का निवर्तमान वडा अध्यक्ष, बारबर्दिया नगरपालिकामा रहेका बिभिन्न खानेपानि आयोजना का पदाधिकारी र सो बडाका बडघर लगायतको उपस्थिती थियो ।