fbpx

गुलरिया नगरका जनप्रतिनिधि तथा कर्मचारीलाई तालिम

गुलरिया नगरका जनप्रतिनिधि तथा कर्मचारीलाई तालिम


चुरेकुञ्ज, गुलरिया । गुलरिया नगर कार्यपालिकाको आयोजनामा गुलरिया नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुलाई क्षमता अभिबृद्धि तालिम दिईएको छ । नगरपालिकाका नगरप्रमुख, उप्रमुख, प्रमुख प्रशासकिय अधिकृत लगायत सम्पूर्ण वडाका जनप्रतिनिधि तथा पालिका अन्र्तगत कार्यरत कर्मचारीहरुको क्षमता अभिबृद्धि गर्ने अभिप्रायले एकदिने तालिमको आयोजना गरिएको हो ।

गुलरिया नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुको क्षमता बढाउन उद्यमशीलता, न्यायिक समितिको काम, कर्तब्य अधिकार, नागरिकता सम्बन्धी सिफारिश लगायत खरिद ऐनका बारेमा अभिमुखीकरण गरिएको गुलरिया नगरपालिकाका अधिकृत मुकुन्द अर्यालले जानकारी दिनुभयो । गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादवले समुद्घाटन गर्नु भएको तालिममा न्यायिक सम्वन्धमा जिल्ला न्यायाधिस, उद्यमशीलता तर्फ डाक्टर रामजी प्रसाद न्यौपाने, नागरिकता सम्बन्धमा सहायक प्रमुख जिल्ला अधिकारी रमेश पाण्डेय र खरिद ऐनका सन्दर्भमा गुलरिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रकाश देवकोटाले सहजीकरण गर्नु भएको छ ।

तालिमबाट नगर तथा वडामा गरिने कामहरुमा सहजता हुने विस्वास लिईएको छ । संयुक्त राष्ट्र संघ, अन्तर्राष्ट्रिय संघ संस्था तथा उद्योग बाणिज्य मन्त्रालयमा लामो अनुभव सँगाल्नु भएका डा. न्यौपानेले नेपालको उद्यम क्षेत्रमा शैक्षिक जनशक्ती तथा उद्यमी नभएको प्रष्ट्याउनु भएको छ । बस्तु सेवा उत्पादनमा नेपालीहरु कमजोर भएको उहाँको भनाई छ । उद्यमशीलताले स्वरोजगार बनाउन मद्दत गर्ने भएकाले कानूनी अफ्ठ्याराहरु हटाउँदै उद्यमीहरुको प्रबद्र्धन गर्नुपर्नेमा डा. न्यौपानेको जोड छ ।

तपाइको मत