fbpx

बर्दियामा जिल्ला स्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु

बर्दियामा जिल्ला स्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु

चुरेकुञ्ज, गुलरिया । बर्दियामा १३ औं जिल्ला स्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु भएको छ । बर्दियाको गुलरिया स्थित खेलकुद मैदानको कवर्डहलमा प्रतियोगिता शुरु भएको हो ।

शुक्रबार जिल्ला समन्वय समिति बर्दियाका प्रमुख सुर्य बहादुर विष्टले प्रतियोगिताको शुभारम्भ गर्नु भएको छ । बर्दिया जिल्ला खेलकुद विकास समितिको आयोजनामा शुरु भएको प्रतियोगिता असार १९ गते सम्म ३ दिन चल्ने जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख मोहन बहादुर पाण्डे मगरले जानकारी दिनु भएको छ ।

लुम्विनी प्रदेस खेलकुद परिषदका सदस्य नरेन्द्र शर्माको सभापतित्वमा आयोजित उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथी विष्टले खेलकुदको विकासको लागि समन्वय समितिले पालिकाहरुसँग सहकार्य गरिदिने प्रतिवद्धता ब्यक्त गर्नु भयो । नेकपा एमालेका प्रतिनिधि एवम् कवड्डी संघ बर्दियाका अध्यक्ष अंगद श्रेष्ठले खेलाडीहरुमा अनुशासन जगाउनु पर्ने बताउनु भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष यादव आचार्यले बर्दियामा खेलकुदको बिकासमा ठूलै लगानी गर्नुपर्ने बताउँदै स्थानिय स्तरका खेलाडीहरुलाई खेल मैदान लगायत खेलकुद सामाग्रीहरु उपलब्ध गराउन सम्वन्धित निकायको ध्यानाकर्षण गराउनु भएको छ । 

कार्यक्रमका सभापति शर्माले प्रदेस र जिल्ला विचको कारणले खेलकुद प्रतियोगिता असार मसान्तको पूर्वसन्ध्यामा गर्नुपरेको बताउनु भयो । जिल्ला स्तरबाट खेलाडी चयन गरी प्रदेस खेलकुदका लागि पठाउनु पर्ने उहाँको भनाई छ । खेलकुद प्रतियोगितामा नेपाली सेना गुलरियाका गुल्मपति श्यामु थापा, शसस्त्र प्रहरी, नेपाल प्रहरीका प्रतिनिधि, जनमत पार्टीका प्रतिनिधि लगायत खेलका प्रशिक्षक र खेलाडीहरुको उपस्थिती रहेको थियो । कार्यक्रम मतीराम शर्माले सञ्चालन गर्नु भएको थियो ।

तपाइको मत