जंगली हात्तीले मधुवनमा दुई वटा घर भत्कायो
- शुक्रबार असार १७ , २०७९
हरि गुरुङ, मधुवन । बर्दियाको मधुवन नगरपालिका वडा नं.–३ कोठियाघाट गाउँमा बर्षा लागेसँगै जंगली हात्तीको आंतक शुरु भएको छ । गए राती जंगली हात्तीले दुईवटा घर भत्काएको छ ।
भारतको कतर्नियाघाट वाइल्ड लाईफ सेन्चुरीबाट रातीको समयमा आएको जंगली हात्तीले कोठियाघाट सामुदायिक वन उपभोक्ता समुहका सदस्य नन्दराम जैसीको घर भत्काएको छ । मानवीय क्षती हुन सक्ने अवस्था आएको थियो तर मानवीय क्षति हुनबाट जोगीएको छ । बर्सेनि यस खाता जैविक मार्गमा जंगली जनावर हात्ती, बाघ र चितुवाले यहाँका बासिन्दाहरुलाई दुःख दिने गरेको छ । जंगली जनावरले क्षती गरेको अन्नबाली, पशुचौपाया र घर भत्काउने गरेपनि समयमा राहत नपाउने स्थानीयको गुनासो रहेको छ ।
यहाँका बासिन्दा हरेक बर्ष जस्तो जागाराम बसेर आफ्नो अन्नबाली जोगाउन प्रयासरत गर्ने गर्छन् । रातीमा जागा नबस्ने हो भने अन्नबाली जंगली हात्तीले खाई नष्ट गरिदिन्छ । मधुवन नगरपालिका वडा नं.–१ सुर्यपटुवाका वडा अध्यक्ष मीन बहादुर थापाले जंगली हात्तीले घर भत्काएमा राहत दिन सकिने बताउनु हुन्छ । पिडितलाई खाद्यान्न, त्रीपाल घर भत्काएको हकमा र नगरपालिकाले बर्षभरीमा एक पटक दिने गरेको थियो तर अब हामी आएपछि विपद ब्यवस्थापन कोषबाट तीन/तीन महिनामा दिने कि एक÷एक महिनामा दिनु पर्छ भन्ने बारेमा छलफल गरिरहेका छौं ।
सकेसम्म राहत भन्ने कुरा तत्काल दिन सके भने धेरै राम्रो हुने देख्दछु । नेपाल सरकारले दिने राहत प्रक्रिया झन्झटिलो रहेकोले यस्लाई सरल र सहज बनाउनु पर्नेमा उहाँको जोड छ । राहत प्रक्रियामा सरल र सहज बनाउन स्थानीय सरकारले मुख्य भुमिका खेल्ने उहाँको प्रतिवद्धता छ । उहाँले यसमा सबैलाई विश्वस्त पार्नु भयो ।