fbpx

बगनाहा स्वास्थ्यचौकी परिसरमा बृक्षारोपण

बगनाहा स्वास्थ्यचौकी परिसरमा बृक्षारोपण


हरिवंश पाण्डे, ठाकुरबाबा । नेपाल स्वास्थ्य प्राविधिक संंघको ४४ औं स्थापना दिवसको अवसरमा ठाकुरबाबा नगरपालिकाको बगनाहा स्वास्थ्य चौकी परिसरमा वृक्षारोपण गरिएको छ । ठाकुरबाबा नगर पालिकाकी उपप्रमुख बिना कुमारी भट्टराईले नेपाल स्वास्थ्य प्राविधिक संघ एवं सम्पुर्ण स्वास्थ्यकर्मी लाई शुभकामनादिदैं बृक्षारोपण गरी कार्यक्रमको शुभारम्भ गर्नु भएको हो ।

उपप्रमुख भट्टराईले स्वच्छ नगरपालिका स्वस्थ नगरवासी बनाउने नगरपालिकाको अभियानमा सबै नगरबासिको भुमिका रहेपनि स्वास्थ्य प्राविधिकहरूको बिशेष भुमिका रहेको बताउनु भयो । स्वास्थ्यमा सवैको पहँच पु¥याउँदै सहज सेवा उपलब्ध गराउन सवैको साथ र सहयोग प्रदान गर्न उपप्रमुखले अनुरोध गर्नुभएको छ ।

स्वास्थ्यसंग जोडिने स्वच्छ वातावरण निर्माण गर्न स्वास्थ्य चौकि परिसरमा वृक्षारोपण गर्ने कार्यक्रम आयोजनाका लागि स्वास्थ्य प्राविधिक संघ, जिल्ला कार्यसमिति बर्दिया तथा बगनाहा स्वास्थ्य चौकि परिवारलाई भट्टराईले धन्यवाद दिनु भएको छ ।

तपाइको मत