fbpx

मदन भण्डारीको बहुदलिय जनवाद विषयक बक्तृत्वकला

मदन भण्डारीको बहुदलिय जनवाद विषयक बक्तृत्वकला


चुरेकुञ्ज, गुलरिया । जननेता मदनकुमार भण्डारीको ७१ औ स्मृती दिवसको अवसरमा बर्दियामा विभिन्न कार्यक्रम गरी मनाईएको छ । स्मृती दिवसको अवसरमा मदन भण्डारीले स्थापीत गरेको जनताको बहुदलीय जनवाद र अभिव्यक्ती स्वतन्त्रता विषयक वहस तथा वक्तृत्वकला कार्यक्रमको आयोजना गरीएको छ । कार्यक्रम प्रेस चौतारी नेपाल जिल्ला शाखा बर्दिया र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन बर्दियाले संयुक्त रुपमा आयोजना गरेका हुन् ।

बर्दियाका विभिन्न क्याम्पसबाट विद्यार्थीहरु वक्तृत्वकला प्रतियोगितामा सहभागी भएका थिए । प्रतियोगीतामा बबई बहुमुखी क्याम्पसकी छात्रा अनुस्का पौडेल प्रथम, जनसेवा बहुमुखी क्याम्पस वैदीकी छात्रा कमला विश्वकर्मा द्वितिय र बबई बहुमुखी क्याम्पसकी छात्रा कविता आचार्य तृतिय हुनु भएको छ । त्यसैगरी कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि बर्दियाका जिल्ला कमिटि सदस्य शुसिल चौधरीले जनताको बहुदलिय जनवाद र अभिव्यक्ती स्वतन्त्रताको विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । उहाँले जनताको बहुदलिय जनवाद वर्तमान अवस्थामा भएको प्रयोग र अभ्यासको वारेमा स्पष्ट पार्नु भएको थियो ।

प्रतुत कार्यपत्रमाथी टिप्पणी गर्दै नेकपा एमाले जिल्ला कमिटि बर्दियाका सचिव पदम ढकालले जनताको वहुदलिय जनवाद बुझ्नका लागि मदभण्डारीको जिवनीको बारेमा पनि स्पष्ट हुनुपर्ने बताउनु भयो । अहिलेको सन्दर्भमा जनताको वहुदलिय जनवादलाई कसरी व्यावहारमा प्रयोग गर्न सकिन्छ भन्ने विषयमा स्पष्ट पार्नु भयो । कार्यपत्र माथी टिप्पणी गर्दै नेकपा एमाले जिल्ला कमिटि बर्दिया उपाध्यक्ष शालिकराम अधिकारीले जनताको वहुदलिय जनवादको विषयमा स्पष्ट पार्नु भएको थियो । उहाँले मदन भण्डारी र जनताको बहुदलिय जनवादको अन्योन्याश्रीत सम्बन्ध भएको बताउनु भयो ।

उहाँले यो जनतालाई सुखी र समृद्ध बनाउनका लागि र समाज परिवर्तनका लागि प्रतिपादित सिद्धान्त भएको बताउनु भयो । कार्यक्रमको विशिष्ट अतिथी नेकपा एमाले लुम्बिनी प्रदेश कमिटिकी उप–सचिव लिला रानाले आजको आवश्यक्ता भनेको जनताको बहुदलिय जनवाद भएको बताउँदै अब समाजको रुपान्तरणका लागि प्रतिस्पर्धामा जानुपर्दछ, सिद्धान्तलाई व्यावहारीक रुपमा देखाउनु पर्ने बताउनु भयो ।

कार्यक्रममा प्रमुख अतिथी नेकपा एमाले केन्द्रिय सदस्य तथा बर्दिया जिल्ला इन्चार्ज लक्ष्मण ज्ञावली, विशिष्ट अतिथी लुम्बिनी प्रदेश उपसचिव लिला राना, अतिथीहरुमा लुम्बिनी प्रदेश सदस्य विना ज्ञावली, भक्तबहादुर वि.क., नेकपा एमाले जिल्ला कमिटि बर्दिया उपाध्यक्ष शालिकराम अधिकारी, सचिव प्रदम प्रसाद ढकाल सचिवालय सदस्य अंगद श्रेष्ठ, जिल्ला कमिटि सदस्य शुशिल चौधरी, पुर्णकला श्रीवास्तव, अनेरास्ववियु केन्द्रिय स्थायी कमिटि सदस्य तथा लुम्बिनी प्रदेश सह इन्चार्ज जितबहादुर रोकाय बुद्धिजिवि परिषद्को सचिव बामदेव ज्ञावली, पत्रकार, विद्यार्थी लगाएतकाको उपस्थीती रहेको थियो । कार्यक्रम अनेरास्ववियु बर्दियाका अध्यक्ष मदन भण्डारीले सञ्चालन गर्नु भएको कार्यक्रमको अध्यक्षता प्रेस चौतारी बर्दिया अध्यक्ष यज्ञप्रसाद सापकोटाले गर्नु भएको थियो ।

तपाइको मत