किसानलाई तत्काल मलको ब्यवस्था गरियोस् : पूर्वमन्त्री गौतम
- बिहिबार असार १६ , २०७९
मुरली गोडिया, गुलरिया । संघीय संसद, नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् पूर्व सिंचाई मन्त्री संजय कुमार गौतमले नेपाली किसानहरुलाई तत्काल आवस्यक मलको ब्यवस्था गर्नुपर्ने बताउनु भएको छ । बर्दियाको बारबर्दिया नगरपालिकमा असार १५ अर्थात दहि चिउरा खाने दिन तथा १९ आंै राष्ट्रिय धान दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै पूर्वमन्त्री गौतमले किसानहरुको समस्या दीगो समाधान हुन नसकेको बताउनु भएको छ ।
बारबर्दिया वडा नम्बर ४ मा रहेको रहेको श्री पाञ्चजान्य नमुना माध्यमिक बिद्यालयको समन्वयमा आयोजित औपचारिक कार्यक्रमसंगै धान रोपाई गरि दिवस मनाइएको छ । शुभकामना मन्तब्य राख्दै मन्त्री गौतमले कृषी पेशालाई जिउने आधार बनाएका कृषकका लागी आज खुशीको दिन भएपनि किसानहरु समस्यामा भएकोे बताउनु भयो । संघीय सांसद गौतमले “धान दिवस मनाई रहेका छौं, तर किसानहरुका समस्या जस्ताको तस्तै छ, पानी छैन, मल छैन यस्को समाधान तर्फ सोच्नुपर्ने भएको छ” भन्नु भयो ।
१९ आंै राष्ट्रिय धान दिवसमा बोल्दै बारबर्दिया नगरपालिकाका नगर प्रमुख छविलाल थारुले किसानहरुको जिवन स्तर कृषी पेशाबाटै उकास्न स्थानिय सरकार लागि रहने आश्वासन दिनुभयो कृषकको समस्या समाधान गर्न आवश्यक परे केन्द्र तथा प्रदेश सरकार मार्फत समेत समन्वय गर्ने नगरप्रमुख थारुले उल्लेख गर्नुभयो । खेती गर्ने समयमा मल तथा विउको अभावलाई पुर्तिगर्न केन्द्र सरकार नै बढी जिम्मेवार बन्नुपर्ने नगर उप–प्रमुख रत्न कुमारी पाण्डेले बताउनु भयो ।
उक्त कार्यक्रममा स्थानिय कृषक, विभिन्न सहकारीका प्रमुख तथा प्रतिनिधी, राजनैतिक दलका प्रतिनिधी, सुरक्षाकर्मी, संचारकर्मी लगायतको उपस्थिती थियो । बारबर्दिया नगरपालिका धान उत्पादनका दृष्टिले महत्वपूर्ण मानिन्छ । यहाँका किसानहरुलाई धानको लागि सिंचाईको ब्यवस्था भएपनि विउ, मलको समस्या सधैं पर्ने गरेको छ ।