ठाकुरबाबाद्वारा धान दिवसको अवसरमा कृषकलाई सम्मान
- बुधबार असार १५ , २०७९
हरिवंश पाण्डे, ठाकुरबाबा । बर्दियाको ठाकुरबाबा नगरपालिकाले असार १५ धान दिवसको अवसर पारेर रोपाइँ दिवसका दिन उत्कृष्ट कृषक तथा कृषक समूहलाई सम्मान गरेको छ । ठाकुरबाबा नगरपालिकाको आयोजना तथा वडा स्तरीय कृषक समन्वय समिति वार्ड नम्बर १ को व्यवस्थापनमा ठाकुरबाबाको जम्तिमा रोपाइँ तथा सम्मान कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा नगर प्रमुख तिलकराम लम्साल, उप प्रमुख बिना भट्टराई, वार्ड अध्यक्ष, कृषक समूह, कर्मचारी र स्थानीयको सहभागितामा गरिएको छ । धान बालीमा जैविक विविधताको उपयोग आयात प्रतिस्थापन सहयोग भन्ने नारा सहित १९ औँ राष्ट्रिय धान दिवसका अवसरमा नगरपालिकाले कृषिमा कृषकलाई हौसला बढाउन कृषकको कार्यक्षेत्रमै उपस्थित भई धान दिवस मनाएको नगर उप प्रमुख बिना भट्टराईले जानकारी दिनु भयो । कार्यक्रममा नगर प्रमुख र उप प्रमुखद्वारा उत्कृष्ट कृषक तथा कृषक समूहलाई नगद र प्रमाण पत्र सहित सम्मान गर्नु भएको थियो ।
