fbpx

भारतबाट भित्रिने हानिकारक माछा रोक्न प्रशासनसँग माग

भारतबाट भित्रिने हानिकारक माछा रोक्न प्रशासनसँग माग


चुरेकुञ्ज, गुलरिया । बर्दियाका विभिन्न सिमा मार्फत चोरी पैठारी भई आउने अवैंध हानिकारक माछा रोक्न नेपाल मत्स्य ब्यवसायी संघ बर्दियाले माग गरेको छ । जिल्ला प्रशासन कार्यालय बर्दियालाई पत्राचार मार्फत भारतबाट भित्रिने पंगासियस तथा मंगुर जातको माछाको चोरी पैठारी रोक्न संघले माग गरेको हो ।

उक्त हानिकारक आयातित माछाले जैविकविविधता नष्टगर्दै मानव स्वास्थ्यमा समेत प्रत्यक्ष असर पुग्ने भएकाले जिल्लामा त्यसको विक्रिवितरण, ओसार पसारमा प्रतिबन्ध लगाउन जिल्ला प्रशासन कार्यालय बर्दियालाई पत्र मार्फत अनुरोध गरेको नेपाल मत्स्य ब्यवसायी संघ बर्दियाका अध्यक्ष गणेश शर्मा लम्सालले चुरेकुञ्जलाई जानकारी दिनुभयो ।

तपाइको मत