fbpx

राप्रपाद्वारा एकिकृत कृषि तथा पशुपंक्षी कार्यालय बर्दियामा धर्ना

राप्रपाद्वारा एकिकृत कृषि तथा पशुपंक्षी कार्यालय बर्दियामा धर्ना


चुरेकुञ्ज, गुलरिया । राष्ट्रिय प्रजातन्त्र पार्टी बर्दियाले विभिन्न मागसहित एकिकृत कृषि तथा पशुपंक्षी बिकास कार्यालय बर्दियामा धर्ना दिएको छ । किसानहरुको समस्या लगायतका १९ बुँदे मागसहित कार्यालय अगाडी नारावाजीगर्दै धर्ना दिईएको हो ।

राप्रपा जिल्ला आन्दोलन परिचालन समिति बर्दियाले किसानलाई समयमै मल विउ उपलब्ध गराउन माग गरेको जनाएको छ । महंगी, कालोबजारी नियन्त्रण गर्न प्रभावकारी संरचना र निति कायम गरियोस्, भ्रष्टाचार नियन्त्रण गर्न प्रभावकारी कदम चालियोस, ०४७ यताका उच्च पदस्त ब्यक्तीको सम्पत्ती छानविन गरियोस् । बेरोजगारी समस्या समाधानको निमित्त अल्पकालिन तथा दीर्घकालिन कार्ययोजना कार्यान्वयन गर्नु पर्ने लगायतका मागहरु छन् ।

तपाइको मत