fbpx

लुम्विनी प्रदेस स्थापना दिवसको शंकर पोखरेलद्वारा शुभकामना

लुम्विनी प्रदेस स्थापना दिवसको शंकर पोखरेलद्वारा शुभकामना

बर्दिया । लुम्विनी प्रदेसका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेस स्थापना दिवसको अवसरमा शुभकामना ब्यक्त गरेका छन् । फागुन ३ गते लुम्विनी प्रदेस स्थापना गरिएको थियो ।

समृद्ध प्रदेश, खुसी जनताको लक्ष्य बोकेर प्रदेश सरकार अघि बढिरहेको सन्देसमा भनिएको छ । संघीय सरकारले समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य अघि सारेको छ । हामी प्रदेशको विकास र समृद्धिको बाटोवाट उक्त लक्ष्य पुरा गर्न सार्थक योगदानका लागि संकल्पित छौं । प्रदेश स्थापना दिवसको यस ऐतिहासिक अवसरमा समृद्ध प्रदेशका माध्यमवाट समृद्ध राष्ट्र निर्माण गर्ने अभियानमा साथ दिन प्रदेशका सबै राजनैतिक दल, संघ संस्था, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी र आम नागरिकमा हार्दिक अपील गर्दछु मुख्यमन्त्री पोखरेलद्वारा हस्ताक्षरित शुभकामना सन्देशमा उल्लेख छ ।
शुभकामना सन्देशको पूर्णपाठ ।

तपाइको मत