fbpx

बर्दियामा रासायनिक मलको हाहाकार

बर्दियामा रासायनिक मलको हाहाकार


यादव आचार्य, गुलरिया । कृषि प्रधान देश नेपाल । किसानलाई मल, विउ, सिंचाईको सधैं अभाव रहन्छ । जति बेला खेती लगाउने समय आउँछ नेपाली किसानहरुलाई मानसिक समस्याले पिरोल्छ । अभावमा गरिएको खेती उत्पादन पनि कम हुन्छ । मुस्किलले उत्पादन गर्यो किसानको उपजले बजार मुल्य पाउँदैन । जिल्लामा किसानहरुका जिवन्त समस्या यिनै हुन् ।

जिल्लामा बर्षे धान लगाउने तयारी छ । धानको ब्याडमा छर्न समेत मल पाईएन । राजापुर नगरपालिका निवासी छप्पुराम थारुले प्रश्न गरे हामी किसानहरुको समस्या कसले सुझाउने । भान रोप्ने बेला भैसक्यौ प्रयाप्त मल छैन । समयमा मल नपाउँदा उत्पादन घट्ने उनको चिन्ता छ । राजापुर नगरपालिका तथा गेरुवा गाउँपालिका क्षेत्रमा बर्षे र चैते गरी बाह्ै महिना धान खेती गरिन्छ । समग्र बर्दिया लगायत प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना लागु भएको धान सुपरजोन क्षेत्र राजापुरमा यतिखेर रासायनिक मलको अभाव छ । जिल्लामा आवस्यक परिणाम अनुसारको मल स्टक नहुँदा कृषिकै उपज मानिने बर्दियाका किसानहरुमा मल नपाएर भौतारिएका छन् ।

धान रोप्ने समय भैसक्दा समेत मल नपाएपछि जिल्लाका किसानहरु चिन्तित बनेका छन् । मानो रोपेर मुरी फलाउने हामीलाई यतिखेर मलको टट्कारो समस्या भएपनि सरकारले कुनै वैकल्पिक ब्यवस्था नगर्दा किसानहरु समस्यामा परेका छौं । गुलरिया नगरपालिका वडा नम्वर ८ निवासी स्थानिय कृषक जगन्नाथ थारुले भने सीमावर्ती भारतीय बजारहरुबाट मल भित्र्याउन पनि सहज छैन । स्थानिय वडा सरकारको सिफारिश विना भारतीय सुरक्षाकर्मीहरुले मल ल्याउन दिदैनन् । क्यैगरी भारतबाट मल भित्र्याए नेपाली सुरक्षाकर्मीहरुबाट रोकावट हुन्छ । सहकारीले पनि मलको वैकल्पिक ब्यवस्था गर्न सकेका छैनन् । रोपाई शुरु हुने बेला नजिँकिदै गर्दा मल अभाव भैरहेकोले मलको ब्यवस्था गर्न अनुरोधगर्दै थारुले थपे भारतबाट समेत मल ल्याउन सहजीकरण गरिदिए किसानहरुले आफै मल भित्र्याउने थियौं ।

समयमै मल नपाउँदा उत्पादन नहुने चिन्ता उनले पोखे । बर्दिया जिल्ला कृषि उपजको पकेट क्षेत्र हो । धान उत्पादनको ठूलो हिस्सा बर्दियाले ओगटेको छ । धान सुपरजोन क्षेत्रमै सरकारले कृषिका लागि समयमै मलको जोहो गर्न नसक्नु आफूहरुको र्दुभाग्य भएको उनले प्रष्ट्याए । बर्दियामा ५२ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ । कृषि पेशामै आश्रित बर्दियाका किसानहरु समयमा मल, विउ, सिंचाई नपाउँदा बर्षेनी समस्यामा पर्ने गरेका छन् । धानको ब्याडमा मल हाल्न नपाएका किसानहरु रोपाई नजिकिँदै गर्दा समेत बजारमा मल नपाउँदा समस्यामा परेका हुन् ।

मल आउने नआउने अन्यौल कायमै रहेकाले अविलम्ब मलको ब्यवस्था गर्न बर्दियाका किसानहरुले सरकारसँग माग गरेका छन् । सरकारले कृषि सामाग्री कम्पनी र साल्ट ट्रेनि®को माध्यमबाट सहकारी मार्फत मल विक्री वितरणको ब्यवस्था मिलाएपनि सहकारीहरुमा आवस्यक मल उपलब्ध हुन सकेको छैन । बर्दियामा बार्षिक ७ हजार मेट्रिक टन युरिया, ५ हजार मेट डिएपी र २ सय मेट पोटास आवस्यक पर्छ । जिल्लामा धानखेतीका लागि मात्र युरिया ४ हजार मेट, डिएपी २ हजार ५ सय मेट र पोटास १ सय मेट आवस्यक पर्ने कृषि सामाग्री कम्पनी लिमिटेड गुलरिया बर्दियाका शाखा प्रवन्धक मोहनसिंह केसीले बताए ।

लुम्विनी प्रदेस सरकारबाट बर्दियामा पाएको मलको ४ सय ६२ मेट कोटा मध्ये २८ मेट मल आउन बाँकी छ । कुल आएको मल मध्ये ७६ मेट मल कृषि सामाग्री कम्पनी लि. सँग स्टक बचेको प्रवन्धक केसीको भनाई छ । बाँकी मल (जीटूजी) अन्र्तगत असारको अन्तिम सम्म आईपुग्ने बताईएको छ । बर्दियामा चाँडै नै रोपाई हुने भएकाले असार अन्तिम साता आउने मल किसानलाई ढिलाई हुन्छ उनले भने ।

तपाइको मत