fbpx

कर्णाली नदीको जोखिम पालिकाले बाढीपुर्व तयारी राहत पाउने

कर्णाली नदीको जोखिम पालिकाले बाढीपुर्व तयारी राहत पाउने


हरि गुरुङ, मधुवन । बर्दियामा रहेको ८ पालिका मध्ये ४ वटा पालिकाले कर्णाली नदीबाट अति जोखिम बाढी पुर्व तयारी राहत पाउने भएका छन । कर्णालीबाट अति जोखिम पालिकामा बस्ने ८ हजार ३ सय ५१ घरधुरीले प्रती घरधुरी १५ हजारका दरले बाढीपुर्व तयारी राहत पाउने भएका हुन् ।

बाढी पुर्व तयारी राहत मधुवन नगरपालिका वडा नम्वर १, २ र ३ का ५ सय ७ घरधुरी, गेरुवा गाउँपालिकाका २ हजार ९ सय ५७ घरधुरी, राजापुर नगरपालिका ३ हजार ९ सय ९६ घरधुरी र ठाकुरबाबा नगरपालिकाका ८ सय ९१ घरधुरीले राहत पाउने नेपाल रेडक्रस सोसाइटी बर्दिया शाखाका सभापति कृष्ण गौतमले बताउनु भएको छ । बाढीपुर्व तयारी राहत नेपाल रेडक्रस सोसाइटी बर्दिया शाखा र बिश्व खाद्य कार्यक्रम विच सहकार्यबाट राहत कार्यक्रम संचालन हुनेछ ।

मधुवनमा आयोजित कार्यक्रममा मधुवन नगरपालिकाका नगरप्रमुख तेज बहादुर भाट मधुवन नगरपालिकाका उप–मेयर अनिता चौधरी मधुवन नगरपालिका वडा अध्यक्ष मीन बहादुर थापा, वडा नं.–२ का वडा अध्यक्ष आसाराम चौधरी, वडा नं.–३ वडा अध्यक्ष नारायण मल्ल, नेपाल रेडक्रस सोसाइटी मधुवन उप–शाखा (क) सभापति पशुपति श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी मधुवन उप–शाखा (ख) सभापति अमर बहादुर के.सी.(अर्जुन) र बर्दिया शाखाका सभापति कृष्ण गौतमको उपस्थिति रहेको थियो ।

मधुवन नगरपालिकाका नगर प्रमुख तेज बहादुर भाटको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । नगरप्रमुख भाटले सर्वप्रथम नेपाल रेडक्रस सोसाइटी बर्दिया शाखा र विश्व खाद्य कार्यक्रमलाई धन्यवाद दिनु भएको छ । हामी सबै मिलि सहयोग गर्नुपर्छ । सबै नागरिक सुरक्षीत हुनुपर्छ र मधुवन नगरपालिकाले बाढीको जोखिममा रहेका सबैलाई साथ र सहयोग दिने उहाँको प्रतिवद्धता छ ।

तपाइको मत