राजापुर-गेरुवामा ब्यवस्थित कुलो नहुँदा किसानलाई समस्या
- आइतबार असार १२ , २०७९
मिन अधिकारी, राजापुर । बर्दियाको राजापुर–गेरुवा क्षेत्रका कृषकहरुलाई सिचाईका लागि व्यवस्थित कुलो नहुँदा खेती गर्न समस्या भएको छ । राजापुर क्षेत्र अन्नको भण्डारको रुपमा चिनिएता पनि व्यवस्थित कुलो नहुदा सदियौँ देखि यहाँका किसानले समस्या भोग्दै आएका छन ।
नेपालमा ३ तहको सरकारले देशकै मुख्य आधार कृषि नै हो भनि कृषि क्षेत्रमा करोडौँ बजेट छुट्ट्याए पनि जमिन सिचाईको लागि शुन्य उपलब्धि देखिएको छ । सिंचाई कुलो व्यवस्थित गरि राजापुर गेरुवाको जमिन सिचाई गर्ने उद्देश्यका साथ राजापुर सिचाई आयोजना स्थापना गरिएको भए पनि कुनै काम नगरेकाले किसानले सास्ती खेप्नु परेको वडा न २ जोतपुरका स्थानिय सोम डेमनडौराले बताउनु भएको छ । राजापुर–गेरुवाका कृषकहरुले सदियौँ देखि जमिन सिचाईका लागि आफनो ज्ञान, सिप, स्थानिय स्रोत साधनको प्रयोग गरि नदिमा बाँध बनाई पानी ल्याउन बाध्य भएकोभन्दै आफुहरुलाई समयमा नै धान रोप्न कठिनाई भएकोले सोचे अनुरुप उत्पादनमा कमि आउनेमा किसानले चुरेकुञ्जसँग चिन्ता ब्यक्त गरेका छन् ।
सिंचाईका लागि सदियौँ देखि समस्या खेप्दै आएको वडा न. ५ का बडघर जोखनलाल थारुले गुनासो गर्नुभएको छ । कृषकहरुले धर्तिमा सुन फलाउनका लागि महिनौ बेगारी गरेको भए पनि स्थानिय तह, प्रदेश सरकार, संघिय सरकारले जमिन सिचाईका लागि किसानलाई कुनै पनि सुविधा दिन नसकेको स्थानिय कृषकको भनाई रहेको छ ।