fbpx

राजापुरको १० नम्वर वडामा शुद्ध पिउने पानी

राजापुरको १० नम्वर वडामा शुद्ध पिउने पानी


चुरेकुञ्ज, बर्दिया । बर्दियाको राजापुर नगरपालिका वडा नम्वर १० मा खानेपानी ट्याङकी जडान गरिएको छ । नेपाल सरकार, खानेपानी मन्त्रालय, ग्रामिण खानेपानी तथा सरसफाइ कोष बिकास समिति (फन्ड बोर्ड) महाराजगंजको आर्थिक सहयोगमा निर्मित खाने पानी आयोजनालाई मायुसले प्राविधिक सहयोग गरेको हो ।

राजापुर नगरपालिका वडा न. १० को समन्वय फन्ड बोर्ड को ५३ लाख ५७ हजार ९ सय ६७ रुपैंया र जनश्रमदान को १४ लाख ३९ हजार ५ सय ६ रुपैंयामा योजना तयार भएको हो । ओभरहेड टकींको झमता २५ हजार लिटर रहेको छ । राजापुर नगरपालिकाको पुर्वि क्षेत्रमा पर्ने १० नम्वर वडा गेरुवा कर्णालीसँग जोडिएकाले वर्षा याममा नदीमा पानीको सतह बढ्दा स्थानियहरुले पिउने गरेको पानीमा शुद्धता थिएन ।

“सामन्य हेन्डपम्प बाट निकालिएको पानीले वर्षा याममा समस्या पाथ्र्यो । प्रमुख अतिथी किशोर सिह राठौरले झप्टिमा खानेपानी परियोजनाले गर्दा स्थानियले स्वच्छ पानी पिउन पाउने हुनु भएको बताउनु भयो । शुद्ध पिउने पानीका कारण पानीजन्य रोगहरु नलाग्ने राठौरको भनाई छ । पानीजन्य रोगले यहाँका वासिन्दालाइ वर्षामा समस्या हुने गरेको थियो । विषेश अतिथी जमान सिह केसीले यो सम्पत्ति अब समुदायको भएकाले सबै मिलि हेरचाह गर्नु पर्ने बताउनु भयो ।

“मायुस बर्दियाका अध्यक्ष शसीराम बिकले भन्नु भयो । खाने पानी योजना कोरोना एवम बाढीले निर्धारित समय भन्दा ढिलो सन्चालन गर्नु परेको मायुसका परियोजना अधिकृत प्रेमलाल थारुले बताउनु भयो । मानपुर युवा समाजका अध्यक्ष शशीराम बिक को सभापतित्वमा संचालन भएको थियो ।

तपाइको मत