fbpx

राजापुर नगरको बजेट स्वास्थ्य र शिक्षा पहिलो प्राथमिकता

राजापुर नगरको बजेट स्वास्थ्य र शिक्षा पहिलो प्राथमिकता

मिन अधिकारी, राजापुर । बर्दियाको राजापुर नगरपालिकाको नवौँ नगर सभाले आब ०७९÷८० का लागि १ अर्व ३ करोड ७४ लाख ५३ हजार रुपैयाको बजेट नगर सभामा प्रस्तुत गरेको छ । उप प्रमुख तथा नगर सभाकी उपाध्यक्ष मनकला कुमारी चौधरीले प्रस्तुत गरेको बजेटमा निःशुल्क शिक्षाका लागी ७ करोड ९ लाख बिनियोजन गरि शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकता दिईएको छ ।

बजेटले भौतिक पूर्वाधारसँगै युवाहरूलाई तालिम, कृषि एम्बुलेन्स, पशुबाली बिमा, तरकारी संकलन केन्द्र, कोल्ड स्टोर, विशेषज्ञ डाक्टरको दरवन्दी, प्रभावकारी स्वास्थ्य सेवा, द्वन्द्व पीडितलाई तालिम, बेपत्ताका पत्निलाई सामाजिक सुरक्षा भत्ता, सबै स्थानीय कर्मचारी र नगर शिक्षकको तलब वृद्धि, कल्याण कोष जस्ता मानवीय क्षेत्रमा केन्द्रित गरि बजेट समाबेश गरेको छ ।

बजेट पूर्व निति तथा कार्यक्रम प्रस्तुतीमा ३ सय बुँदा प्रस्तुत गरिएको थियो । निति तथा कार्यक्रम प्रस्तुत भएकै दिन सभाले निति तथा कार्यक्रम पास गरेको छ । नीति तथा कार्यक्रम र बजेटमा शिक्षा र स्वास्थ्य क्षेत्रमा पर्याप्त बजेट छुट्याईएको हो । कार्यक्रममा नगरका सम्पूर्ण जनप्रतिनिधिहरु, नगरपालिकाका कर्मचारी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

तपाइको मत