fbpx

राजापुर नगर क्षेत्रको मुख्य बजारमा सीसी क्यामेरा जडान

राजापुर नगर क्षेत्रको मुख्य बजारमा सीसी क्यामेरा जडान


मिन अधिकारी, राजापुर । बर्दियाको राजापुर नगरपालिकाको बजार क्षेत्रमा सीसी क्यामेरा जडान गरिएको छ । शान्ति सुरक्षाको अवस्था सुदृढगर्दै व्यवस्थितपूर्ण नगरपालिका बनाउने उद्देश्यले क्यामेरा जडान गरिएको हो ।

क्यामेरा मार्फत बिभिन्न खाले घटना न्युनिकरण गर्न सहज हुने विस्वास लिईएको छ । भौरा क्षेत्रको सदरमुकामको रुपमा रहेको राजापुरमा चहलपहल र व्यस्त बजारको सुरक्षाका लागि ८ वटा सिसि क्यामेरा जडान गरिएको छ । राजापुर नगरपालिको आर्थिक सहयोगमा मुख्य चोक चौराहामा सिसि क्यामरा जडान गरिएको हो । राजापुर इलाका प्रहरी कार्यालयको गेट अगाडी, भन्सार चोक, मेन चोक, बसपार्क, रिनेसाँ स्कुल चोक र टेडिया चौकमा गरी ८ वटा क्यामरा जडान गरिएको छ ।

राजापुरमा हुने विभिन्न प्रकारका आपराधिक गतिविधि न्यूनिकरण गर्न राजापुर बजारबाट सुरु गरिएको सिसि क्यामरा जडानको कार्य क्रमशः नगरपालिका भरीका बजारहरु, सामुदायिक विद्यालयहरुमा समेत विस्तार गर्ने र नगरपालिकालाई नै शान्त बनाउन प्रतिबद्ध रहेको राजापुर नगरपालिकाका नगरप्रमुख दिपेश थारुले बताउनु भएको छ । कुल १४ लाख ५० हजारको लागत तथा भैरव टेकको प्राविधिक सहयोगमा क्यामेरा जडान गरिएको हो । सिसि क्यामराले शान्ति सुरक्षाको कार्यलाई व्यवस्थितगर्दै पूर्ण सुरक्षित नगरपालिका बनाउन सहयोग पुग्ने बताईएको छ । प्रहरी र नगरपालिकाको निगरानीमा क्यामरा रहने जनाईएको छ ।

तपाइको मत