मधुवनमा बालविवाह न्युनिकरण गर्न नागरिक समाज गठन
- सोमबार असार ६ , २०७९
हरि गुरुङ, मधुवन । बर्दियाको मधुवन नगरपालिकामा वालविवाह न्युनिकरण गर्न नागरिक समाज गठन गरिएको छ । विष्णु गौतमको संयोजकत्वमा २१ सदस्यीय पालिका स्तरीय समिति गठन गरिएको हो ।
समितिले बाल विबाह न्यूनीकरण गर्न समाजमा सचेतना र खबरदारी गर्ने उदेश्य रहेकोे छ । बाल बिबाह न्यूनीकरण तथा नागरिक समाज कार्यक्रम प्लान ईन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समुह (बी–ग्रुप)को साझेदारीमा सन्चालन भएको बाल विवाह न्युनीकरण परियोजनाले सहजीकरणको भुमिका खेलेको फिल्ड सुपरभाइजर गंगा गुरुङले जानकारी दिनुभयो । बर्दिया जिल्लाको गेरुवा गाउँपालिका र बारबर्दिया नगरपालिकामा बाल विवाह न्युनीकरण गर्नलाई नागरिक तहबाट आवाज उठाउन नागरिक समाज गठन गरिएको बाल विवाह न्युनीकरण परियोजनाका परियोजना ब्यवस्थापक जगदिश थापाले जानकारी दिनु भयो ।
कार्यक्रममा प्रमुख अतिथी मधुवन नगरपालिकाका नगर उपप्रमुख अनिता चौधरी विशेष अतिथी मधुवन नगरपालिका वडा नं.–८ का वडा अध्यक्ष मेक बहादुर गुरुङ अतिथिहरुमा मधुवन नगरपालिका महिला तथा वालवालिका शाखाका ईन्द्र चुनारा, मधुवन नगरपालिका मेलमिलाप सहजकर्ता विष्णु गौतम तथा विभिन्न वडाका स्थानीयहरुको उपस्थिति थियो । बाल विवाह न्यूनीकरणको नारा सहित नागरिक समाज गठनगर्दै क्षमता अभिबृद्धि सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी गरिएको हो ।