दलित महिला उत्थान संघ बर्दियाको २१ औं साधारण सभा
- सोमबार असार ६ , २०७९
चुरेकुञ्ज, गुलरिया । बर्दिया जिल्लाको विभिन्न पालिकामा कार्यगर्दै आएको दलित महिला उत्थान संघ बर्दियाको साधारण सभा सम्पन्न गरेको छ । महिला शसक्तिकरण, जिविकोपार्जन, सिमान्तकृत तथा सिमावर्ति क्षेत्रका नागरिकहरुको आर्थिक एवं समाजिक संमृद्धिका लागी विगत देखी नै काम आएको संघको २१ औं साधारण सभा गरिएको हो ।
जिल्ला समन्वय समिती बर्दियाका प्रमुख सुर्य बहादुर विष्टको प्रमुख आतिथ्यता तथा गुलरिया नगरपालिकाकी नगर उपप्रमुख सावित्रा गौतमको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा स्थानिय जनप्रतिनिधी, सुरक्षा निकायका प्रतिनिधी, विभिन्न संघ संस्थाका प्रतिनिधीको उपस्थितीमा भएको जनाइएको छ । आइतबार गुलरियामा भएको साधारण सभा कार्यक्रममा दलित महिला उत्थान संघ बर्दियाकी परियोजना संयोजक जिरा विकले संस्थालेगर्दै आएको क्रियाकलाप लगायत संस्थाको बारेमा जानकारी गराउनु भएको छ ।
साधारण सभा कार्यक्रमको उद्घाटन सत्रमा स्थानिय निर्वाचन मार्फत भर्खर मात्र निर्वाचित स्थानिय जनप्रतिनिधीलाई स्वागत तथा सम्मान कार्यक्रम समेत गरिएको संस्थाकी कार्यक्रम संयोजक विष्णु नेपालीले जानकारी दिनुभयो । कार्यक्रमकी विशिष्ट अतिथी गुलरिया नगरपालिकाकी नगरउप्रमुख सावित्रा गौतमले सभाको सफलताको शुभकामना दिनु भएको थियो । गैरसरकारी संस्थाहरुको प्रतिनिधीत्व गर्दै गैरसरकारी संस्था महासंघ बर्दियाकी अध्यक्ष प्रिज्मा सिंह थारु, कार्यक्रममा उपस्थित स्थानिय जनप्रतिनिधीको प्रतिनिधित्वगर्दै गुलरिया नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष हरि प्रसाद पासी लगायतका वक्ताहरुले साधारण सभा सफलताको शुभकामना दिदै उद्घाटन सत्र सम्पन्न भएको थियो ।
कार्यक्रमको बन्द सत्रमा संस्थाले संचालन गरेका क्रियाकलापको वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन पेश गरिएको थियो । कार्यक्रम संचालनार्थ नयाँ निति तथा कार्यक्रम माथी छलफल गरि अनुमोदन गरिएको दलित महिला उत्थान संघकी अध्यक्ष खिमा वि.कले जानकारी दिनु भएको छ ।