fbpx

अपांग पुनरस्थापना केन्द्र बर्दियाको अध्यक्षमा पुनः सापकोटा

अपांग पुनरस्थापना केन्द्र बर्दियाको अध्यक्षमा पुनः सापकोटा

दलबहादुर सुनार, बढैयाताल । बर्दिया अपांग पुनस्र्थापना केन्द्रको अध्यक्षमा संस्थाका सस्थापक अध्यक्ष नेत्र प्रसाद सापकोटा सर्वसम्मत निर्वाचित हुनु भएको छ । सातौ अधिवेशनवाट संस्था स्थापनाको २० वर्ष पछि सापकोटा सर्बसम्मत अध्यक्ष पदमा निर्वाचित हुनु भएको हो ।

२०५९ सालमा संस्था स्थापना भएको थियो । अबिधेशनले बरिष्ठ उपाध्यक्षमा दिपबहादुर चन्द, महिला उपाध्यक्षमा सबिना थारु, कोषाध्यक्षमा चिन्तामणी कंडेल, महासचिबमा दलबहादुर सुनार, सचिबमा तेज बहादुर ओली, सदस्यहरुमा रिता भण्डारी, राजकुमार थारु र चमेली थारु सर्बसम्मत निर्वाचित हुनु भएको छ । लेखा समितिको संयोजकमा सन्तोष देबकोटा सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिका संयोजक प्रेम प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

संस्थाका निर्वतमान अध्यक्ष कृष्ण बहादुर क्षेत्रीले भर्खरै सम्मन्न स्थानियतहको निर्वाचनमा भाग लिन राजिनामा दिए पछि अध्यक्ष पद रिक्त भएको र सस्थालाई प्रभाबकारी रुपमा अगाडी बढाउन सस्थाले करिब छ महिना अगाडी सस्थाको अबिधेशन गरेको जनाएको छ । सस्थाका महासचिब हरि प्रसाद पौडेलले आर्थिक बर्ष ०७८÷०७९ को प्रगति प्रतिबेदन तथा ०७९÷०८० को प्रस्ताबित कार्यक्रम प्रस्तुत गर्नु भएको छ ।

तपाइको मत