fbpx

मधुवन उद्योग वाणिज्य संघको अध्यक्षमा रिमाल निर्वाचित

मधुवन उद्योग वाणिज्य संघको अध्यक्षमा रिमाल निर्वाचित

हरि गुरुङ, मधुवन । मधुवन उद्योग वाणिज्य संघ कुसुम्मा बजारको अध्यक्षमा दुर्गा बहादुर रिमाल निर्वाचित हुनु भएको छ । शनिवार सम्पन्न निर्वाचनमा रिमालले घनश्याम अधिकारीलाई २५ मतले पराजित गर्नु भएको छ ।

मधुवन उधोग वाणिज्य संघको निर्वाचनमा गठबन्धनका तर्फबाट अध्यक्ष पदका उम्मेदवार रिमालले ३०८ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिद्वन्दी प्रतिद्वन्द्वी लोकतान्त्रिक प्यानलका घनश्याम अधिकारीले २८३ मत प्राप्त गर्नुभएको हो । वरिष्ठ उपाध्यक्ष नृप बहादुर सोडारीले ३४४ मत प्राप्त गरि विजय हुनुभएको छ भने उहाँका प्रतिद्वन्दी टंक प्रसाद पौडेलले २४१ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्ष (उद्योग) सुरेन्द्र बहादुर बानियाले २९६ मत प्राप्त गरि राजेन्द्र प्रसाद तिमिल्सिनालाई २९० मतले पराजित गर्नु भएको छ ।

उपाध्यक्ष (वाणिज्य) रवीन्द्र खड्काले २९९ मत प्राप्त गरि उदय बहादुर खड्कालाई २८५ मतले पराजित गर्नुभयो । महासचिव पदमा झलक बहादुर के.सी. ले ३१३ मत प्राप्त गरी विजय हुनुभएको छ भने उहाँका प्रतिद्वन्दी ईन्द्र बहादुर के.सी. ले २६८ मत प्राप्त गर्नु भएको छ । सचीव पदका लागि मैयाँ कुमारी अधिकारी क्षेत्रीले ३०१ मत प्राप्त गरि विजय हुनुभएको छ । उहाँका प्रतिद्वन्दी अन्जु ढकालले २८१ मत प्राप्त गर्नुभएको छ । कोषाध्यक्षमा लक्ष्मी थारुले ३०३ मत प्राप्त गरि विजय हुनुभएको छ प्रतिद्वन्दी माया पुलामी सलामी मगरले २७३ मत प्राप्त गर्नुभएको हो ।

सह कोषाध्यक्षमा मन बहादुर तामाङ लामाले २९३ मत प्राप्त गरी विजय हुनुभएको छ । उहाँका प्रतिद्वन्दी हिरालाल थारुले २८७ मत प्राप्त गर्नु भयो । महिला सदस्य विजय छवि के.सी. २९८ मत, सितला खत्री ३११, रत्ना वली २७५ मत प्राप्त गरी विजयी हुनुभएको छ । खुल्ला सदस्य पुरुष तर्फ शिवशंकर वली ३३३ मत, होम बहादुर चौधरी २८५ मत र महंगु चौधरी २८५ मत प्राप्त गरि विजय हुुनु भएको छ । मधुवन उद्योग वाणिज्य संघ कुसुम्मा बजार बर्दियामा ७१२ सदस्य रहेका छन भने निर्वाचनमा ६१२ मत खसेको थियो ।

तपाइको मत