सुनौलो महिला बहुउद्देश्यीय सहकारीको भवन शिलान्यास
- शनिबार असार ४ , २०७९
चुरेकुञ्ज, गुलरिया । सुनौलो महिला बहुउद्देश्यीय सहकारी संस्था गुलरियाको भवन शिलान्यास गरिएको छ । गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादवले एक धार्मिक अनुष्ठानका विच शुक्रवार भवनको शिलान्यास गर्नुभएको हो ।
भवन शिलान्यासपछि बोल्दै प्रमुख अतिथी मुक्तिनाथ यादवले सुनौलो महिला सहकारीले गरेका कार्यको सरहना गर्नु भएको छ । सहकारीले नगरको विकासमा पुर्याएको योगदान अविष्मरणीय रहेकाले भवन निर्माणका बेला आवस्यक पर्ने जस्तोसुकै सहयोग गर्न नगरपालिका तयार रहेको उहाँको भनाई छ । भवन निर्माणका लागि अपुग बजेट नगरपालिकाले सहयोग गर्ने उहाँको प्रतिवद्धता छ ।
सहकारीको भवन निर्माणमा ४५ लाख रुपैया अनुमानित लागत रहेको सहकारीकी अध्यक्ष ईन्दिरा सुवेदीले बताउनु भयो । लुम्विनी प्रदेस आर्थिक मामिला तथा सहकारी मन्त्रालयको १५ लाख रुपैया अनुदान, सहकारीको १५ लाख रुपैया भवन निर्माणमा लगानी रहेको उहाँको भनाई छ । अपुग रकम सहयोग गर्न अध्यक्ष सुवेदीले गुलरिया नगरपालिका लगायत समुदायलाई आग्रह गर्नुभएको छ ।