विपदमा राहत बाँड्दा सबै चनाखो हुनुपर्छ : एक्सन एड
- बिहिबार असार २ , २०७९
चुरेकुञ्ज, राजापुर । बाढी, आगजनी लगायतका विपदमा सरोकारवाला निकायले राहत बाड्ने गर्छ तर त्यो राहतको मापदण्ड, निति नियमको बारेमा सबै जनाले चाँसो लिनु पर्ने एक्सन एडका शेर बहादुर क्षेत्रीले जोड दिनु भएको छ । वहाँले विपदजन्य कारणमा स्थानियतह र स्थानिय वासिन्दाको ठुलो भुमिका हुने हुनाले राहत वितरणमा चनाखो हुनु पर्ने बताउनु भयो ।
विभिन्न सघं सस्था हरुको सहकार्यमा पालिका हरुले बाढी पस्न सक्ने क्षेत्रको पहिचान गरी घटना स्थलमा गरिने खोज उद्दार, बाल बालिका एवं वृद्ध र पशु चौपाया लाई सुरक्षित ठाउँमा कसरी स्थानान्तरण गर्ने बिषयमा पुरै समुदायलाइ राखेर कृतिम अभ्यास गरिएको छ । यसले गर्दा त्यहाका स्थानियहरुलाइ भोलि बाढी लगायतका विपद आइ परेमा कसरी आफु बाच्ने र अरुलाइ पनि बचाउने भन्ने सहजै थाहा हुने बिज्ञ हरुको बुझाइ छ ।

विपदमा सन्चारको महत्वपुर्ण भुमिका हुने र कस्तो खालको जोखिम आइ रहेछ सो कुरा छिटो भन्दा छिटो जनता सामु पुराउन सके बिपदबाट ठुलो नोक्सानी हुन बाट बच्न सकिने प्राक्टिकल एक्सनका जलवायु तथा विपद विज्ञ डा. धर्म राज न्यौपानेले बताउनु भयो । कुनै पनि अप्राकृतिक वा प्राकृतिक कारणहरु बाट अकस्मात, अस्तब्यस्त शैलीमा देखा पर्ने विपत्तीपुर्ण अवस्थाको सिर्जना हुनु नै विपद हो । यो आवस्यकता भन्दा बढि वर्षा भएर आउने बाढि, पैरौ हुनसक्छ भने गर्मीमा हुने आगलागी वा डडेलो पनि हुन सक्छ । फलस्वरुप आपतकालिन अवस्थाको सिर्जना भइ धन जनको क्षति भइ जिवन यापन गर्न कठिन एव वातावरण मा प्रतिकुल असर पनि पर्दछ ।
गतसाल बेमौसमी वर्षाले गर्दा कार्तिकको पहिलो सातामा बर्दिया मा ठुलो बाढी आउनाले तयार भएको धान नष्ट भयो । बर्दियाको पश्चिमी क्षेत्र कर्णाली नदी सित जोडिएको र यहा बाट वर्षेनी कुनै न कुनै रुपमा पानि पसी वितन्डा मचाउने हुनाले अहिले वर्षा सुरुहुन पुर्व नै सरोकार वाला हरुले यस्ता किसिमको विपद आइ परेमा समुदायले सरकार सगं कसरी सहकार्य एव पैरवी गर्ने र विपद न्युनिकरणका लागी सरकारलाई बढि भन्दा बढि बजेट बिनियोजन गर्न कसरी दवाब दिने भनेर छलफल चलाइ रहेका छन ।
विपद प्रभावित समुदायमा युवा तथा महिलाको नेतृत्व कसरी बिकास गर्ने भन्ने लक्ष्य लाइ आत्मसात गर्दै केएमजेएसले एडवोकेसी केन्पेन चलाएको बताउनु हुन्छ परियोजना अधिकृत अनुपम न्यौपाने । विगतमा जसरी विपद्का घटना घटी सके पछि सरकार निन्द्राबाट ब्युझिएर राहत बाट्ने कार्य गर्दथ्यो, यसपटक त्यो भन्दा पहिलेनै निजि क्षेत्रसँग सहकार्य गरेर कृतिम घटना अभ्यास र पैरवीको बारेमा जानकारी दिएको छ यसबाट भोलिका दिनमा विपद न्युनिकरण गर्न मदत मिल्ने आशा गरिएको छ ।
