माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बर्दिया आउँदै
- शनिबार जेठ २८ , २०७९
चुरेकुञ्ज, बर्दिया । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बर्दिया आउने कार्यक्रम तय भएको छ । बारबर्दिया नगरपालिका ११ बेलभारमा जिल्ला स्तरीय प्रशिक्षण दिन जेठ ३० गते सोमबार बर्दिया आउने कार्यक्रम तय भएको नेकपा माओवादी केन्द्र बर्दियाले जनाएको छ ।
प्रचण्ड बर्दिया आउने कार्यक्रम पुष्टि गर्दै छलफल पश्चात् कार्यक्रम सम्पन्न गर्न जिम्मेवारी बाँडफाड समेत गरिएको माओवादी केन्द्रका बर्दियाका संयोजक भबन कुमार थारु किशोरले जानकारी दिनुभयो । जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुने निश्चत कोटा छुट्टाइएको छ जस अनुसार जिल्लामा रहेका केन्द्रिय सदस्य, प्रदेश कमिटी नगर कमिटी सबै, पुर्ब जिल्ला कमिटी सबै, जनबर्गिय संगठनका जिल्ला पदाधिकारी र पालिका अध्यक्ष सल्लाहकार परिषद प्रदेश सदस्यहरु पालिका अध्यक्षहरु जेष्ठ कम्युनिस्ट मञ्च पालिका अध्यक्षहरु, जबस मोर्चा केन्द्रिय सदस्य, प्रदेश सचिवालय सदस्य, वडा कमिटी अध्यक्ष, उपस्थिती रहने जिल्ला संयोजक थारुले बताउनु भएको छ ।