fbpx

समुदाय प्रहरी साझेदारी अन्तर्गत ढोढरीमा सचेतना

समुदाय प्रहरी साझेदारी अन्तर्गत ढोढरीमा सचेतना


हरि गुरुङ, मधुवन । बर्दियाको मधुवन नगरपालिका अन्तर्गत रहेको वडा नम्वर १ देखी ४ वडा सम्मका विभिन्न गाउँ टोलमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम मार्फत अन्तरक्रिया गरिएको छ । गाउँ बड्घर, समाजसेवी र युवाहरुको उपस्थितिमा अपराधिक कृयाकलाप विरुद्ध सचेत पारिएको हो ।

कार्यक्रममा समाजमा हुने विभिन्न किसिमका विकृति विसंगति, अपराधहरुको रोकथाम तथा न्यूनीकरण, समाजमा शान्ति कायम राख्ने तथा समसामयिक विषयमा छ्लफल तथा अन्तरक्रिया गरिएको ईलाका प्रहरी कार्यालय ढोढरी बर्दियाका प्रमुख प्रहरी निरीक्षक मोहन जंग बुढाथापाले जानकारी दिनुभएको छ । कार्यक्रम ईलाका अन्र्तगतका सबै क्षेत्रमा गर्ने उहाँको भनाई छ ।

तपाइको मत