fbpx

बाघको आक्रमणमा परी मधुवनमा महिला घाइते

बाघको आक्रमणमा परी मधुवनमा महिला घाइते


हरि गुरुङ, मधुवन । बर्दियाको मधुवन नगरपालिका वडा नं.–२ छोट्की सोनाहामा एक महिला बाघको आक्रमणमा परी घाइते हुनु भएको छ । सोही निवासी ४१ बर्षिया अस्मिता थारुलाई बाघले आक्रमण गरी घाईते बनाएको छ ।

बिहानपख आफ्नो खेतबारीमा काम गरिहरेको बेला अचानक आक्रमण गरेको हो । घाइते थारुलाई उपचारका लागी नेपालगञ्ज लगिएको पारिवारिक श्रोतले जनाएको छ । आक्रमण गर्ने पाटेबाघ वा चितुवा भन्ने बारेमा अनुसन्धान भैरहेको जनाईएको छ ।

तपाइको मत