fbpx

सडक छेउँ उम्रिएका अवैध गाँजाका बिरुवा नष्ट

सडक छेउँ उम्रिएका अवैध गाँजाका बिरुवा नष्ट

हरि गुरुङ्ग, मधुवन । बर्दियाको मधुवन नगरपालिका वडा नं.–१ सुर्यपटुवा (पथरबोझी) गाउँमा अवैध रूपमा बाटोका छेउछाउ उम्रीएका गाँजा नष्ट गरिएको छ । प्रहरी चौकि कोठियाघाटको समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत गाँजा नष्ट गरिएको हो ।

ईलाका प्रहरी कार्यालय ढोढरी बर्दिया, सशस्त्र प्रहरी बल भग्रैया र स्थानीय बासिन्दाको उपस्थितिमा गाँजा नष्ट गरिएको प्रहरी चौकी कोठियाघाटका प्रमुख असई जोरासिंह अधिकारीले जानकारी दिनु भएको छ । अवैध रूपमा उम्रीएको गाँजाले युवाहरू कुलतमा लाग्ने, समाजलाई समेत असर पर्ने भएकोले गाँजा नष्ट गरिएको मधुवन नगरपालिका वडा नं.–१ सुर्यपटुवाका वडा सदस्य तथा गाउँ बड्घर धनिराम चौधरीले बताउनु भयो ।

तपाइको मत