fbpx

पार्टीका कार्यकारिणी पदबाट राजिनामा दिन राजापुरका शिक्षकहरुलाई नगरपालिकाको ७ दिने उर्दी

पार्टीका कार्यकारिणी पदबाट राजिनामा दिन राजापुरका  शिक्षकहरुलाई नगरपालिकाको ७ दिने उर्दी


मुरली गोडिया, गुलरिया । बर्दियाको राजापुर नगरपालिकाले पालिकाभित्रका सरकारी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई राजनीतिक दलको जिम्मेवारीमा रहे तत्काल राजीनामा दिन निर्देशन दिएको छ । नवनिर्वाचित मेयर दिपेश थारूले पालिका भित्रका सामुदायिक विद्यालयका शिक्षक कर्मचारीलाई पार्टीको जिम्मेवारी रहेका सबैलाई सात दिनभित्र राजीनामा दिइ त्यसको विवरण नगरपालिकामा पेस गर्न पत्राचार गर्नु भएको छ ।

सवै विद्यालयलाई गरिएको पत्राचारमा राजनैतिक दलमा संलग्न रही सक्रिय रुपमा राजनैतिक दलको कार्यकारीणी पदमा रहँदा विद्यालयको पठनपाठन प्रभावित हुने तथा आचरण विपरितको कार्य ठहरिने स्मरण गराइएको छ । नगरपालिकाले नगरका सवै सामुदायिक विद्यालयलाई शिक्षकहरुलाई राजिनामा दिन लगाई नगरपालिकालाई जानकारी गराउन निर्देशन दिएको छ ।

तपाइको मत