fbpx

गुलरिया ६ नं. वडाको निर्णय टोल बिकासलाई सक्रिय पार्ने

गुलरिया ६ नं. वडाको निर्णय टोल बिकासलाई सक्रिय पार्ने


मुरली गोडिया, गुलरिया । गुलरिया नगरपालिका वडा नम्बर ६ ले टोल विकास संस्थालाई पुनः सक्रिय बनाउने निर्णय गरेको छ । बैशाख ३० गते सम्पन्न निर्वाचन बाट गुलरिया नगरपालिका वडा नम्बर ६ बाट निर्वाचित वडा अध्यक्ष शुधान्सु प्रकाश शर्माले पदभार सम्हाले लगत्तै बसेको पहिलो बैठकले यस्तो निर्णय गरेको हो ।

वैठकले निर्वाचनमा मतदान गरी विजयी गराउनु हुने वडा बासीलाई धन्यवाद दिने निर्णय गरेको छ भने ६ नम्बर वडामा रहेको १९ वटै टोलविकास संस्थालाई सक्रिय बनाई जन सहभागीतामा आधारित संघीय योजना, कार्यक्रमको संचालन, समन्वय र रेखदेखमा नागरिक अपनत्व बढाई कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्ने निर्णय गरिएको गुलरिया नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष शुधान्सु प्रकाश शर्माले जानकारी दिनु भयो ।

वडा भित्र स्थायी बसोबास गरेको समाजिक सरक्षा भत्ता प्राप्त गर्न योग्यता पुगेका निवेदकहरुले वडामा दिएको निवेदनमा आवश्यक छानविन गरि ४ जनाको नाम अनलाइन इन्ट्रि गरि भत्ता प्राप्तीका लागी परिचय पत्र उपलब्ध गराउने समेत वैठकले निर्णय गरेको अध्यक्ष शर्माले जानकारी दिनु भएको छ ।

तपाइको मत