fbpx

खाता जैविकमार्गमा पाटेबाघसँगै आहारा प्रजातीको अनुगमन

खाता जैविकमार्गमा पाटेबाघसँगै आहारा प्रजातीको अनुगमन


हरि गुरुङ, मधुवन । बर्दियाको मधुवन नगरपालिका अन्तर्गत रहेको खाता जैविक मार्गमा पाटे बाघको संख्या र आहारा प्रजातीको संख्या पत्ता लगाउन स्वचालित क्यामेरा राखिएको छ । मधुवन नगरपालिकाका नगर प्रमुख तेज बहादुर भाट र उप–प्रमुख अनिता चौधरीले संयुक्त रूपमा क्यामेराको बटनथिची उद्घाटन गर्नुभएको छ ।

तराई भु–परिधी कार्यक्रम (ताल) कोहलपुर बाँकेको आर्थिक सहयोगमा बर्दियामा बाघ अनुगमन हुदैछ । यो अनुगमन ४५ दिनसम्म हुने जनाईएको छ । बर्दियाको राजापुर नगरपालिका, मधुवन नगरपालिका, ठाकुरबाबा नगरपालिका, बा¥हबर्दिया नगरपालिका र मध्यवर्ती क्षेत्रका बाघ पाईने स्थानहरुमा समेत अनुगमन गरिनेछ । ४२ बटा ग्रीडमा ४२ जोडा स्वचालित क्यमेरा राखेर अनुगमन हुने डिभिजन बन कार्यालय बर्दियाले जनाएको छ ।

अनुगमन कार्यमा ८ जना स्थानीय नागरिक बैज्ञानिक र २ जना डिभिजन वन कार्यालय बर्दियाका कर्मचारी सहित १० जनाको टोली खटिएका छ्न । नगरप्रमुख तेज बहादुर भाटले जैविकविविधता संरक्षण गर्नुपर्नेमा जोड दिनु भएको छ । वन बन्यजन्तु र मानव सबै आ–आफ्नो ठाउँमा सुरक्षित रहँदै सहअस्तित्व पूर्वक बाच्न पाउनु पर्छ । बन्यजन्तुको पनि बाँच्ने अधिकार हुन्छ र संरक्षण भन्ने कुरा आफ्नो मनबाट नै आफै जगाउनु पर्नेमा उहाँले जोड दिनु भएको छ ।

तपाइको मत