fbpx

पोखरा म्याराथनको उपाधि त्रिभुवन आर्मीका रोकायालाई

पोखरा म्याराथनको उपाधि त्रिभुवन आर्मीका रोकायालाई

पोखरा । १५ औं संस्करणको पोखरा म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका राजन रोकायाले तिजेका छन् । नेपाल भुतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिबार भएको प्रतिस्पर्धामा ४२‍‍‍‍.१९५ किलोमिटरको दूरी २ घण्टा २८ मिनेट ५६ सेकेण्डमा पुरा गर्दै रोकायाले उपाधि जितेका हुन् ।

आर्मीकै धावक गोविन्दप्रसाद भट्टराईले निर्धारित दूरी २ घण्टा ३३ मिनेट ४८ सेकेण्डमा पुरा गर्दै दोस्रो भए भने आर्मीकै देवराज बस्नेत तस्रो भए । उनले निधारित दूरी २ घण्टा ४२ मिनेट ३३ सेकेण्डमा पुरा गरे ।

पाँचथरका प्रताप ताम्सोहांग चौंथो भए । उनले निर्धारित दूरी २ घण्टा ५४ मिनेट ८ सकेण्डमा पुरा गर्दै सान्त्वना पुरस्कार पाए । म्याराथनमा विभिन्न जिल्ला एवं विभागीय क्लबका गरी २०९ जना धावकले प्रतिस्पर्धा गरेका थिए । विजेता म्यराथन धावकले २ लाख रुपैयाँ पुरस्कार पाए । दोस्रोले १ लाख तेस्रोले ७५ हजार रुपैयाँ पाउँदा सान्त्वना हुनेले पुरस्कार स्वरुप २५ हजार रुपैयाँ पाए ।

तपाइको मत