कपिलवस्तुको कृष्णनगरमा ईमाम ए आजम कन्फ्रेन्स
- सोमबार जेठ ९ , २०७९
चुरेकुञ्ज, बर्दिया । कपिलवस्तुको कृष्णनगरमा भारतका वरिष्ठ आलीम ए दीन तथा दरगाह ए आला हजरतका सचीव मौलाना सलीम नूरीले नेपाली सुन्नी मुस्लिम समुदाय र दरगाह ए आला हजरतको वर्षौं पुरानो सम्बन्ध रहेको बताए । नेपाली सुन्नी समुदायको आर्थिक सामाजिक धार्मिक विकासको लागि आला हजरत र खानदान ए आला हजरतले वर्षौं देखी काम गर्दै आएको उनले उल्लेख गरेका छन ।
नेपालमा सुन्नी मुस्लिमहरुको संरक्षण तथा उन्नतिको लागि खानदान ए आला हजरतले पैदल यात्रा गरेर पनि काम गरेको र मुफ्तिए आजम ए हिन्द , मुफस्सिर ए हिन्द , हुज्जतुल ईस्लाम , रेहान ए मिल्लत लगायतले नेपालको अधिकांश जिल्लामा मदरसा मस्जिदको बुनियाद राखेर सुन्नी समुदायको शैक्षिक आर्थिक सामाजिक विकासमा टेवा पु¥याएका बताए ।
सभामा बोल्दै राष्ट्रिय उल्मा काउन्सिल नेपालका अध्यक्ष मौलाना सय्यद गुलाम हुसैन मजहरीले नेपाल उल्मा काउन्सिलले नेपाली सुन्नी सूफी बिचारधाराको नागरिकहरुको लागि मुस्लिम युनिभर्सिटी सञ्चालनमा छिटै आउने र ईमाम अहमद रजा नामक लाइब्रेरी निर्माण हुने बताए । सभामा प्रमुख अतिथि दरगाह ए आला हजरतको वरिष्ठ सूफी मन्नान रजा खानले नेपालको विकास र सौहार्दको लागि प्राथना समेत गरे । ईमाम ए आजम कान्फ्रेन्सको अवसरमा मदरजा अल जामियातुल बरकातको १० जना बालिकाहरुलाई दस्तार ए हिफ्जुल कुरआन गराइएको थियो ।