fbpx

निर्वाचन सकिएसँगै प्रमाणपत्र बुझ्दै विदाभए म्यादी प्रहरी

निर्वाचन सकिएसँगै प्रमाणपत्र बुझ्दै विदाभए म्यादी प्रहरी


चुरेकुञ्ज । स्थानिय तह निर्वाचन ०७९ को सुरक्षार्थ नियुक्ती गरिएका म्यादी प्रहरीहरु निर्वाचन सकिएसँगै विदा भएका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाले शुक्रवार एक कार्यक्रमका विच प्रमाण पत्र हस्तान्तरणगर्दै म्यादी प्रहरीहरुलाई विदाई गरेको हो ।

निर्वाचन शान्तिपूर्ण भयरहित बातावरणमा सम्पन्न गर्न म्यादी प्रहरीले महत्वपूर्ण भुमिका निर्वाह गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक प्रकाश सापकोटाले बताउनु भयो । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक विरेन्द्र बहादुर शाहीले विदाईका क्रममा म्यादी प्रहरी सेवा प्रमाण पत्र प्रदान गर्नु भएको डीएसपी सापकोटाले जानकारी दिनुभयो ।

तपाइको मत